SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/४ गते
    ३३५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो ।

    विद्यालयको अनुगमन गर्न नगर प्रहरी आफैं खटिएको थियो । ‘हामी अनुगमन गर्न जाँदा सबै विद्यालय बन्द भेटिएका छौं, विद्यालय बन्द भएको टिप्पणी उठाएर महानगरपालिकाको शिक्षा विभागमा हामीले पठाउँछौं,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए ।महानगरपालिकाको शिक्षा विभागले बन्द भएको विद्यालयका शिक्षकहरुको विषयमा प्रतिवदेन तयार गरेको आवश्यक कारबाहीको लागि कार्यपालिकामा पेश गर्ने तयारी गरेको छ ।

    ‘नगर प्रहरीहरु विद्यालय विद्यालयमा पुगिरहेका छन्, अनुगमन बेलुकासम्मै हुन्छ, त्यसपछि के गर्ने बारेमा निर्णय हुन्छ,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने ।काठमाडौं महानगरपालिकामा ८९ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । काठमाडौं महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने विहीबार चेतावनी दिएको थियो ।

    तर काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो । सोही आह्वान अनुसार आज काठमाडौंका शिक्षकहरु आन्दोलनमा गएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं