SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/७/२६ गते
    १९७ पटक
    Loading...
    Ad

                                prithivi_subba_gurung1 जुन पृष्ठ भूमिमा र जुन उद्देश्य राखेर यो सरकार निमार्ण भएको हो त्यही आधारमा यो सरकारको मूल्याङ्कन हुनुपर्छ । सरकार भनेको जनताको दैनिक जनजिवनदेखि राष्ट्रको दैनिक कार्य गर्ने संस्था हो ।

    सरकार परिवर्तन भएपछि त्यसको असर जनसमुदायमा पनि पर्नुपर्छ, पर्छ नै । सरकारले गरेका निर्णयले जनजीवन प्रभावित हुन्छ । सररकाले राम्रा काम गरेमा त्यही किसमको प्रभाव पर्छ । नराम्रा काम गरे त्यही किसमको प्रभाव पर्छ ।

    यो सरकारको प्रभाव पनि त्यही किसमको पर्नु स्वभाविक हो । यो सरकारको मूल्याङकन गर्नुपर्दा जुन कामका लागि भनेर निमार्ण भएको हो त्यही आधारमा गर्नुपर्छ ।

    १. केपी ओलीको नेतृत्वको सरकारले पुनः निमार्णको काम छिटो छरितो गर्न सकेन भनेर निमार्ण भएको हो । तर यो सरकारले पनि पुनः निमार्णको कामलाई भनेजसरी जनजीवनमा प्रभाव पार्ने गरी गर्न सकेन । अहिले पनि विद्यार्थीहरु चौरमा पढिरहेका छन् । हिउँद लागिसक्यो तर कसैका घर बनेका छैनन् ।

    प्राधिकरण बनाउनेदेखि अरु सबै काम ओली सरकारको पालमा नै बनेको हो । दसैँ तिहार खुल्ला आकासमा मनाए । अनुदान पनि हिजोको तरिकामा वितरण भएको छ । फास्ट ट्रयाकमा काम भएन । यो सरकार जे कुरा गर्छु भनेर निमार्ण भएको हो त्यसमा असफल हुँदै गएको छ ।

    अहिले भारतको रणनीतिक उद्देश्यमा नेपाल फसेको प्रष्ट भएको छ । यो भनेको भारतको नियन्त्रणमा फसेको देखियो । भारतको रणनीतिमा नेपाल चलेको देखियो । यो भनेको बिग्रेको कुरा सपारेको होइन । भारतले नेपाललाई भुटानजस्तो एसोसिएट राष्ट्रजस्तो बनाउन खोजेको देखिन्छ । यसकारण छिमेकीसँगको सम्बन्ध सुधार्ने कुरामा पनि सफल देखिएन ।

    २. यो सरकार गठन हुनमा ओली सरकारले भारतसँगको सम्बन्ध बिगारेकाले निमार्ण भएको दाबी काङ्ग्रेसले गर्दै आएको छ । तर यो सरकारले त्यतातर्फ पनि सफल हुन सकेन । यदि भारतले जे भन्यो त्यही मान्नु नै सम्बन्ध सुधार हो भने त्यो भएको छ । तर हिजोको भन्दा बढी भारतसँग सम्बन्ध बिग्रेको छ । हिजो सुध्रेको सम्बन्ध बिगार्दै छ यो सरकार । हिजो स्वाधीनताको कुरा, राष्ट्रियता, अखण्डताको कुरा ठीक ठाउँमा पुगेको थियो । अहिले खस्केको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा गएको सममया दुई देशबीच भएको संयुक्त वक्तव्य पढे पुग्छ ।

    अहिले भारतको रणनीतिक उद्देश्यमा नेपाल फसेको प्रष्ट भएको छ । यो भनेको भारतको नियन्त्रणमा फसेको देखियो । भारतको रणनीतिमा नेपाल चलेको देखियो । यो भनेको बिग्रेको कुरा सपारेको होइन । भारतले नेपाललाई भुटानजस्तो एसोसिएट राष्ट्रजस्तो बनाउन खोजेको देखिन्छ । यसकारण छिमेकीसँगको सम्बन्ध सुधार्ने कुरामा पनि सफल देखिएन ।

    नेपाल सरकार र भारतको राजदूतको हैसियत एउटै होइन । तर यो सरकारले त्यो हैसियत बनाएर आएको छ ।

    यदि भारतको राष्ट्रपतिको स्वागत गर्न नेपालको राष्ट्रपति एयरपोर्टमा स्वागत गरेका आधारमा हुँदैन । किनभने यो त हाम्रो धर्म संस्कृति हो अथिति देव भवः हो । भारतले नेपालको संविधान संशोधनमा कुनै कुराको परिवर्तन गरेको छैन । जुन कुरा भारतको कार्यकारी प्रधानमन्त्रीले गरेका थिए त्यही कुरा संवैधानिक भनिएका राष्ट्रपतिले भने । व्यक्ति फरक भए पनि भारतको भाषामा कुनै परिवर्तन आएको छैन । नेपालको संविधानका बारेमा । अनि कसरी सुध्रेको भयो सम्बन्ध । मधेसीका मागहरु सम्बोधन गर भनेर अहिले राष्ट्रपति गए । उनीहरुको विदेश नीतिमा कुनै परिवर्तन भएको छैन ।

    ३. मधेस आन्दोलन र संविधान सबैलाई स्वीकार्ने बनाउने भनेर निमार्ण भएको हो । तर त्यसमा पनि केहि काम भएको छैन । मधेस आन्दोलन सम्बोधन गर्न भनेर बनेको सरकारले अहिलेसम्म केही काम नै गरेन । न त संविधान संशोधनको कुरामा छलफल गरेको छ । न त संसदमा संविधान संशोधन प्रस्ताव पेश भएको छ । न त प्रमुख प्रतिपक्ष दलसँग संविधान संशोधनबारे छलफल गरेको छ । अनि कसरी भयो मधेसको आन्दोलन सफल । अहिले मधेसी दलका नेताहरु नै सरकारले आफूहरुलाई ढाँटेको कुरा गरिरहेका छन् । यो भनेको सरकार यसमा पनि असफल नै भएको देखिन्छ ।

    ४. शान्ति प्रक्रियाका बाँकी काम गर्ने भनेर निमार्ण भएको हो । तर यसमा पनि पहिलो सरकारले गरेका कामभन्दा बढी केही भएका छैनन् । पहिलो सरकारले केही विधेकहरु निमार्ण गरेको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग पहिला नै बनेका हुन् । तर यसलाई कार्यान्वयन गर्न नयाँ कानुन बनाएको छैन । यसका लागि चाहिने कानुन संशोधन गर्नु पर्नेमा केही काम गरेको देखिँदैन । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन केही काम भएको छैन । यसमा काङ्ग्रेस र माओवादी केन्द्र मिलेर मात्र हुँदैन । यसमा धेरैको सहभागिता हुनुपर्छ । एमाले प्रमुख प्रतिपक्ष दल हो । यी दलहरुबीच सहमति हुनुप¥यो । सेना प्रहरी छ । मानव अधिकार छ । यी सबैको सहभागिताविना नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुग्दैन । सबैको सहमति चाहिन्छ नै । यी सबै मिलेर शान्ति टुङ्गोमा पुग्छ ।

    ५. विकास निमार्णको काम पनि भएनन् । जसरी अहिले लोडसेडिङ हटाएको कुरा भनिँदै छ । यो सब गफ हो । यो सरकारले जलविद्युत निमार्णमा ध्यान दियो कि दिएन । कति प्रोजेक्टहरु निमार्ण गर्ने नीति ल्यायो । यो भएको छैन । जनताको आँखामा छारो हाल्ने काम भइरहको छ । हिजो पाइपलाइनमा भएका कामहरु पूरा भए भने त्यो यो सरकारले गरेको हुँदैन । पहिलाबाट नै नियमित भएका काम हुन् । यी कामहरु नियमित चलिरहेका हुन्छन् ।
    उल्टै विद्युत प्रधिकरणले प्रोजेक्ट होल्ड गरेर बसेको छ । कैयौँ लगानीकर्ताहरु आएका छन् तिनलाई लगानी गर्ने वातावरण बनाएको देखिँदैन । राजधानीमा मात्र कसरी लोडसेडिङ मुक्त गर्न सकिन्छ । यसको कुनै योजना छैन । कुन कुन ठाउँबाट कटौती गरेर राजधानीलाई विद्युत आपूर्ति ग¥यो भन्नुपर्छ ।

    ६. स्थानीय तहको पुनः संरचना र निर्वाचनमा कुनै चासो दिएको छैन । आयोगले पहिला गरेको निर्णय बदलेर पुन काम गर्न भनियो । हामीले त काम छिटो हुनुपर्छ भनेर सहमतिमा आएका हौँ । विवाद भएका जिल्लाहरुमा पुराना इलाकालाई आधार मान्न सकिन्छ भन्ने सहमति गरेका हौ । तर यो सरकारले त अझै आयोगलाई अल्झाइ राखेको छ । यो भनेको समयमा स्थानीय तहको निर्वाचन गर्न नचाहेको देखिन्छ । यदि समयमा निर्वाचन भएन भने पुनः देश समस्यमा पर्ने छ ।

    रातोपाटीबाट कृष्ण गिरीसँग गरेको कुराकानीमा आधारित

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad