SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/५ गते
    ३५४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत-।

    पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानीमा चट्याङ लागेर २ जना घाइते भएका छन् । गएराती परेको चट्याङ लागेर फलामखानीका करिब ५० बर्षिय उमादेवी सुनार र उहाँको छोरी ३० बर्षिय रेखा सुनार घाइते हुनुभएको हो । घाइतेहरुको खुट्टा र कानमा सामान्य चोट लागेको वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

    बाख्राको खोरमा चट्याङ परेको र चट्याङले लागेर उमादेवी सुनारले पालेको एउटा माउ बाख्रा मरेको उहाँले बताउनुभयो । फलामखानीको पात्ला र ढडेनका ७ घरमा चट्याङका कारण बिद्धुतको मिटरबक्समा पुर्ण क्षति पुगेको र अन्य केही घरका बिद्धुतमा पनि आंशिक क्षति पुगेको छ ।

    आज बिहान घटना स्थल पुगेर अनुगमन गरिको बताउदै घाइतेहरुको अवस्था सामान्य रहेको र घाइतेहरुले प्राथमिक उपचार गरेको उहाँले बताउनुभयो ।

    चट्याङले बाख्रा मरेपछि कृषकलाई क्षति पुगेको बताउदै पीडितलाई पालिकाको विपद व्यवस्थापन समितिमा सहयोगका लागि पहल गर्ने वडा अध्यक्ष विश्वकर्माले बताउनुभयो । चट्याङ लागेर बाख्रा मरेपछि कृषकलाई क्षति पुगेको छ । स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालासँग सहयोगको अपेक्षा गरिएको पीडित उमादेवी सुनारले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं