SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/५ गते
    ५००५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ ।

    विमानस्थलबाट चेकजाँच र भन्सार पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेपछि दुवै निकायको चर्को आलोचना भइरहेका बेला दुवै निकायका प्रमुख भने बिदामा बसेको पाइएको हो ।

    अहिले विमानस्थल भन्सार कार्यालयका प्रमुखमा सहसचिव अरुण पोखरेल छन् । उनी १७ असारदेखि बिदामा छन् । उनले १७ भदौसम्मका लागि बिदा स्वीकृत गराएका छन् । ढाडमा समस्या आएको भन्दै दुई महिना लामो बिदामा बसेका पोखरेलले बिदाको जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महत र भन्सार विभागको महानिर्देशकलाई पनि गराएका थिए ।

    यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुखमा बिदामा थिए भन्सार र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुनचन्द ठकुरी छन् । उनी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको छ ।

    उनी बिदामा बसेकै दिन राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो । उनले मंगलबारबाट लागू हुनेगरी उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट एकसाता लामो बिदा स्वीकृत गराएका थिए ।

    उनी अब आगामी मंगलबार मात्रै कार्यालय उपस्थित हुनेछन् । उता, भन्सार विभागका अधिकृत सन्तोष चन्द र नासु कुमार ढकाललाई बिहीबार निलम्बनको सिफारिस भइसकेको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं