SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/४ गते
    २३५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै ।

    उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लाे सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ । उहाँले यस्ता घटनाहरूबारे प्रधानमन्त्री र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराउनुभयो ।

    बिहीवार सिंहदरबारमा रहेकाे आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरूसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताउनुभयो । उहाँले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याउने आश्वासनसमेत दिनुभयो । अर्थ मन्त्रालयसँग समन्वय गरेर त्याे कामलाई अघि बढाउने श्रेष्ठको भनाइ थियो ।

    उहाँले भन्नुभयो, ‘पछिल्लाे सुन प्रकरणकाे अनुसन्धानलाई हामी गम्भीरतापूर्वक अगाडि बढाउँछौँ । सम्बन्धित निकायलाई हाम्रो स्ट्यान्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि स्ट्यान्डबाई निर्देशन छ । जुनसुकै निकायले अनुसन्धान गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून् । याे घटनाकाे अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी होस् । दोषीलाई कानुनको दायरामा ल्याउने गरी अनुसन्धान होस् भन्ने हाम्रो स्ट्यान्डबाई निर्देशन छ ।’

    गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको समग्र क्षेत्रको पुनर्संरचना गरेर सुशासन कायम गर्नका लागि आफूले एउटा कार्यदल नै बनाउने घोषणा गरिसकेको पनि दोहोर्‍याउनुभयो । उहाँले कार्यदलअन्तर्गत उपकार्यदलसमेत बनाएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउनुपर्नेमा आफूले शुरुदेखि नै जोड दिएको दाबीसमेत गर्नुभयो । गृहमन्त्री श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याउने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं