SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२ गते
    ४५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै ।

    नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को प्रशारण बन्द भएको छ ।

    ६९ भाग प्रशारण भएपछि यो शो बन्द भएको हो । कार्यक्रमको निर्माण थ्री प्रोडक्शनले विज्ञापन एजेन्सी कि एड्भरटाइजिङसँग असार मसान्तसम्मको लागि मात्र संझौता गरेको थियो । उक्त संझौता सकिएपछि कार्यक्रम बन्द भएको हो ।

    कार्यक्रमका संचालक विशाल भण्डारीले चाडै नै ‘कमेडी च्याम्पियन ३’ लिएर दर्शकमाझ आउने प्रतिबद्धता जाहेर गरेका छन् । उनले, केही समय विश्राम लिएको बताएका छन् ।

    विक्की अग्रवालले निर्देशन गर्दै आएको यो शोले दर्शकहरुलाई निकै हसाँएको थियो । कहिलेकाही कलाकारहरुको प्रस्तुति र बिषयवस्तुले विवाद पनि निम्त्याएको थियो । यो शो नेपाली फिल्मको प्रमोशन गर्ने राम्रो थलो समेत बन्दे आएको थियो ।

    यो १६ महिनाको हाम्रो यात्रा निकै रोमांचक थियो । कतिपय एपिसोडमा हामी हसाउन सफल भयौं भने कतिमा भएनौपनी तर दर्शकको मायामा कहिले कमी आएन ।

    यही उर्जाले काम गर्दा गर्दै सुरुवातको वर्षनै Best Popular Tv Show को Award जित्न पनी सफल भयौं । यस्को श्रेय कलाकार, लेखक,क्रियटिम टिम, Three Production team, Key advertising, Key Entertainment team र मुख्य गरेर दर्शकको माया लाई जान्छ ।

    ६९ Episode को यो यात्राले थकित हाम्रो टिमलाई केही समयको लागी छोटो Break लिन आवश्यक देखेर Team Comedy Club With Champions तपाईको TV SCREEN मा देखिने छैनौं।

    तर हामी चॉडै छोटो विश्राम पछि Recharge भई सुरुवाती उर्जामै फर्केर यहाहरुलाई हासोको फोहरा छुटाउन अवश्य आउने छौं ।

    तव सम्मलाई हाम्रो टिम Comedy Champion season 3 लिएर चॉडै ऑउदै छौं। माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहने छ ।
    धन्यबाट
    TEAM THREE PRODUCTION

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं