SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/३० गते
    १०६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले गौर हत्याकाण्डको फाइल खोल्नुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् । उनले लामो समयदेखि गौर हत्याकण्ड हराईरहेको स्थिति रहेको उल्लेख गर्दै अब यो फाइल खोल्नुपर्ने बेला आएको स्मरण गराए ।

    आज (शुक्रबार) प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सांसद साहले भने-“प्रचण्डजी जब प्रधानमन्त्री हुनुभयो, यो तेस्रो पटक, तब दुनियाँले ठूलो आशा गरेको छ । अब गौर हत्याकाण्डको फाइल खुल्छ भनेर ।

    अझैपनि हामी आशावादी छौं की उहाँमाथि । किनकी उहाँले हामीलाई बोलाएर गौर हत्याकाण्डको फाईल खोल्छु भन्नुभएको छ ।” सांसद साहले गौर हत्याकाण्डमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संलग्नता रहेको आरोप लगाए ।

    पत्रकार धमलाले उपेन्द्र यादव त अहिले सत्ता गठबन्धनको ठूलो नेता हो नि ? कसरी यो काण्डको फाइल खुल्छ ? भनेर राखेको जिज्ञासमा सांसद साहले भने-“प्रचण्डजीलाई त हामीले भेटेरै भन्यौं, पीडितहरुले पनि भेटेरै भने, प्रचण्डजीले भन्नुभएको छ कि यो गौर हत्याकाण्डको फाइल खुल्छ भनेर । तपाईँहरुले न्याय पाउनुहुन्छ भनेर । हामी आशावादी छौं । तर, ढिलासुस्ती भैरहेको छ । जुन स्पिरिट र स्पिडमा जानुपर्दथ्यो, त्यो भैरहेको छैन ।” https://www.reportersnepal.com/ बाट साभार गरीएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं