SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/४ गते
    ५६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरीले अहिले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । डिल्लीबजार कारागारमा जले सजाय भुक्तान गरिरहेका चौधरी राष्ट्रपतिले आममाफी दिएपछि गणतन्त्र दिवसको दिन रिहा भएका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले त्यसपछि विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।

    यसबीचमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग भेटिरहेका छन् । सर्वोच्च अदालतमा चौधरीलाई आममाफी दिइएको विषयमा मुद्दा विचाराधीन छ ।

    अदालतको आदेशविपरीत उनी छुटेकाले कुनै पनि समय आफू जेल जानुपर्ने त्रासमा छन् उनी । त्यही भएर राजनीतिक दलका नेताहरूलाई उनले छिटोछिटो भेटिरहेका हुन् ।

    यसैबीच, एमाले अध्यक्ष केपी ओलीले चौधरीलाई बालकोटमा न्यानो आतिथ्यता गरेका छन् । उनीहरूबीच सोमबार बिहान ओली निवास बालकोटमा भेटवार्ता तथा छलफल भएको हो ।

    सो भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए ।

    जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं