SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/२२ गते
    ७११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादसँग जोडेर अनावश्यक रुपमा जटिल बनाएको आरोप लगाएका छन् ।

    ‘सीमा विवाद बढाउने र उल्झाउने काम नेपालका तर्फबाट भयो । सीमा अध्ययन समितिले काम गर्न नपाउँदै केपी शर्मा ओलीजीले यसलाई राष्ट्रवादसँग जोडिदिए । संसदबाट पास गरेर कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा हालिदिए । संविधान संशोधन गरेर यो समस्यालाई अनावश्यक रुपमा जटिल बनाइदिए । ओली भारत आउँदा पनि संवादबाटै समाधान निकाल्ने भनिएकै थियो नि,’ नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग मुनीले भने ।

    कूटनीतिज्ञ मुनीले भारत सीमा विवादको समाधान गर्ने पक्षमै रहेको जिकिर गरे । उनले थपे, ‘सीमा विवाद समाधान नहोस् भनेर कसले भनेको छ र ? यसको समाधान संवादबाट गर्ने हो । परराष्ट्रसचिव स्तरमा हुने हो । प्रचण्डसँग पनि अहिले यही कुरा भएको हो । तर कहिलेसम्म समाधान गर्ने भन्ने कुरा नेपाल र भारतमै निर्भर हुन्छ ।’

    संसदले अमेरिका हाम्रो हो भन्दै संविधानमा राख्दैमा त्यो नेपालको हुन्छ र !
    नेपालले एकतर्फी रुपमा काम गरेकाले सीमा विवादको समाधान सहज नभएको उनले बताए । मुनीले भने, ‘नेपालले एकतर्फी काम गरेपछि कसरी समाधान हुन्छ ? नेपालले सुस्ताको कुरा अहिलेसम्म गरेको छैन । लिम्पियाधुरालगायतका भूभागलाई एकतर्फी रुपमा नक्सामा राख्यो । नेपालको संसदले १० पटक अमेरिका हाम्रो हो भन्दै संविधानमा राख्दैमा त्यो नेपालको हुन्छ र ? नेपालको संसदको कुरा नेपालको उपर लागु हुन्छ, भारतको उपर लागु हुँदैन ।’

    सीमा विवाद दुई देशबीच समाधान नभए अन्तर्राष्ट्रिय संस्थाको रोहवरमा पनि हुन सक्ने मुनीले औंल्याए । उनले भने, ‘समाधानको बाटो धेरै छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेकका सम्बन्धमा जुन प्रमाण नेपालले राखेको छ, भारतसँग पनि त्यस्ता प्रमाण छन् । दुवै देशले आआफ्ना दस्तावेज टेबलमा राख्ने र कुनमा बढी वजन छ, त्यो हेरेर गर्न सकिन्छ । त्यसमा सहमति भएन भने तेस्रो पक्ष अन्तर्राष्ट्रिय संस्थासँग जाने विकल्प पनि छ । इच्छाशक्ति हुने हो भने कुनै पनि समस्या समाधान हुन सक्छ ।’

    भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टलाई किन रुट दिएन भन्ने पत्रकार धमलाको प्रश्नमा मुनीले भने, ‘एयर रुट दिनुपर्छ । तर हरेक देशको आफ्नो समस्या र प्राथमिकता हुन्छ । भारतले नेपालको प्राथमिकतामा त काम गर्दैन नि ।’

    ‘हिन्दुराष्ट्र र राजतन्त्र फर्काउनु गलत’
    नेपाललाई हिन्दुराष्ट्र बनाउनु गलत हुने पनि उनले औंल्याए । उनले भने, ‘भारतमा पनि हिन्दुहरु छन् । हिन्दुराष्ट्र बनाउने हो भने भारत टु्ट्छ । नेपाल पनि हिन्दुराष्ट्र बन्यो भने टुट्छ । राज्यको कुनै एक धर्म बनाउनु हँदैन ।’ राजतन्त्र फर्काउनु पनि उचित नहुने मुनीले बताए । उनले भने, ‘नेपालमा राजतन्त्र खत्तम हुनुमा राजा ज्ञानेन्द्रकै हात छ । भारतले १० पटकसम्म राजनीतिक दलहरुसँग हात मिलाऊ भन्दा पनि मानेनन् । आफ्नो जनतासँग नमिल्ने राजतन्त्र कसरी फर्केला ?’

    ईपीजी प्रतिवेदनलाई अनावश्यक रुपमा मिडियाबाजी गरिएको पनि उनले बताए । मुनीले थपे, ‘त्यो प्रतिवेदन भारतका तर्फबाट अथेन्टिकटेड भएको छैन । भेषबहादुर थापाले सडकमा गएर राजनीतिक वक्तव्य दिए । ईपीजीमा भारतको हस्ताक्षर कहाँ छ ? नेपाल सरकारसँग गएर सोध्नुस् ।’

    ‘प्रचण्डको भारत भ्रमण राजनीतिक र व्यक्तिगत रुपमा सफल’
    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिमुलक भएको पनि बताए । मुनीले भने, ‘ऊर्जा व्यापार, व्यापार घाटा घटाउने, पेट्रोलियम पाइपलाइन, रेलका कुरा भएका छन् । छिमेकी देशबीच आपसी विश्वास बढाउनु राम्रो हो । भएका सहमति कार्यान्वयन हुने वा नहुने त एक देशमा मात्र निर्भर हुँदैन । सहमति अघि बढ्दैन भने त्यो नेपालको पनि कमजोरी हुन्छ । प्रचण्डको भारत भ्रमण ब्रेक थ्रु हो कि होइन, म भन्न सक्दिनँ । तर राजनीतिक र व्यक्तिगत रुपमा सफल छ । नेपालको विकासका निम्ति पनि उचित छ ।’

    ‘भारत सरकारसँग केमिस्ट्री मिल्यो भने सत्ता टिक्छ भन्ने प्रचण्डले बुझेका छन्’
    प्रचण्डको भारत भ्रमणको उद्देश्य भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘केमिस्ट्री’ मिलाउनु रहेको पनि मुनीको विश्लेषण छ । उनले भने, ‘भारत सरकारसँग प्रचण्डको केमिस्ट्री मिलेको छैन । त्यो मिल्यो भने आफ्नो सत्ता टिक्छ भन्ने प्रचण्डले बुझेका छन् ।’ नेपालको विकासका निम्ति भारतले हिचकिचाहट गर्नु नहुने उनको कथन छ । चिनियाँ लगानीको जलविद्युत् भारतले नलिए नेपालले नै उपयोग गर्नुपर्ने उनको सुझाव छ ।

    ‘नेपालमा सच्चा कम्युनिस्ट छैनन्’
    प्रचण्डले पत्नीको स्वास्थ्यका लागि उज्जैनमा पुजाअर्चना गरेको पनि मुनीले बताए । उनले भने, ‘प्रचण्डले मध्यप्रदेशमा पत्नीको स्वास्थ्यका लागि पुजा गरेका हुन् । नेपालका कम्युनिस्ट नेताहरु सबै उच्च जातिका हुन् । ब्राह्मण छन् । यी सच्चा कम्युनिस्ट कहाँ हुन् र ? भएको भए किन देश बदल्न दिएनन् त ? प्रचण्ड, ओली, माधव, खनाल, बाबुराम कोही पनि कम्युनिस्ट होइनन् । नेपालमा विकास भएको भए राजा हट्दैनथे, माओवादी पनि जन्मँदैनथ्यो । नेपालमा राजनीतिक स्थायित्व पनि हुन्थ्यो ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं