SuchanaKendra

  • Radio Kushum


  • आज : २०८० आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/२२ गते
    ३८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले ताजा जनादेशप्राप्त र सक्रिय संसद्लाई छलेर सरकारले असंवैधानिक कदम चालेको बताएका छन् । संविधानको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेल कीर्ते र जालसाजीपूर्ण काममा संलग्न भएको उनको आरोप छ ।

    ‘संविधान बमोजिम निष्क्रिय र मृतप्रायः भएको नागरिकता विधेयकलाईसमाधिस्थलबाट उत्खनन गरेर प्रमाणीकरण गरिएको छ । न्यायपालिकाले आफ्नो काम गर्दै गर्छ । तर यो संसद्को विशेषाधिकार हनन भएको विषय हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

    आफूहरु प्रधानमन्त्री र राष्ट्रपति संस्थाको विरुद्ध नभई कीर्ते जालसाजीविरुद्ध संसद अवरोध गर्न बाध्य भएको पनि उनले बताए । बर्तौलाले भने, ‘हामी अहिले विधि र प्रक्रियाको कुरा गर्दैछौं । यो सरकारले गरेको बेइमानी हो । प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा नागरिकता विधेयक कोसेली लिएर लानुपर्ने त्यस्तो के कारण थियो ?’ सरकार सुल्टो बाटोमा हिँडेमा एक हप्ताभित्र नागरिकता विधेयक पारित गर्न नेकपा एमाले तयार रहेको पनि उनले बताए ।

    नेता बर्तौलाले नेकपा (माओवादी केन्द्र) विद्यमान शासकीय प्रबन्धलाई समाप्त पार्न लागेको आरोप पनि लगाए । उनले भने, ‘यो माओवादीको चालबाजी हो । उसले संसद्लाई रणनीतिक रुपमा मात्र प्रयोग गरेको छ । संसदको सर्वोच्चतालाई स्वीकार गरेको छैन ।’
    साथै उनले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रम राष्ट्रहित विपरीतका काम गरेको आरोप पनि लगाए ।

    बर्तौलाले थपे, ‘भारत भ्रमणका दौरान कतिपय अपारदर्शी सम्झौता भए । भारत जानुअघि कालापानी, लिपुलेक र लिम्पियाधुरा जोडदार ढंगले उठाउँछौं भन्नुभएको थियो, अहिले त्यो भूमि छाड्छौं भनिरहनुभएको छ । बंगलादेशको बाटो लिन आफ्नो भूमि छाड्ने छुट उहाँलाई कसले दियो ? यसबारेमा उहाँले देश र जनतासँग माफी माग्नुपर्छ ।’

    साथै उनले पशुपति जान घिन मान्ने प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र लगाएर भारतको धार्मिक पर्यटन प्रवर्द्धन गरेको आरोप पनि लगाए । उनले भने, ‘प्रचण्डले धेरै केटाकेटीपन प्रदर्शन गर्नुभयो । भारतले बृहत्तर भारतको नाममा लुम्बिनी, कपिलवस्तु र विराटनगरलाई आफ्नो नक्सामा राख्दा पनि प्रधानमन्त्री र पराष्ट्रमन्त्रीले एक शब्द बोल्नुभएन ।

    त्यसरी विदेशको गुलामी गर्नुपर्ने कारण के हो ? भ्रमणको सबैभन्दा ठूलो उपलब्धि उन्नत जातको पन्ध्रवटा राँगो ल्याउनु मात्र हो ।’ प्रधानमन्त्रीले अपारदर्शी सम्झौता र नागरिकता विधेयकको गल्ती सच्चाउने प्रतिबद्धता जनाए संसद् चल्न दिने पनि बर्तौलाले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षकको आन्दोलन बानेश्वरमा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै...

    गृहमन्त्रीको डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार...

    निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

    काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको...

    न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी,सेयरको भित्री कारोबार गरेको आरोपमा

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी...

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं