SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/२१ गते
    १०४६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    मान्छेको भाग्य कहिले चम्किन्छ ? कसैले भन्न सक्दैन । एकजना ड्राइभरलाई नै हेर्नुस् न । चिकेन कबाब किन्न गएका उनी १६ करोड रुपैयाँको मालिक भएर घर फर्किएका छन् ।

    करोडपति बनेसँगै उनमा खुसीको सीमा छैन । सो रकम राम्रोसँग उपयोग गरेर आफ्नो र परिवारको जीवनस्तर सुधार्ने योजना छ उनको । यो घटनामा बेलायतको लिचेस्टर सिटीमा भएको हो । मिरर युकेमा प्रकाशित भएको समाचार अनुसार ५१ वर्षका स्टिभ गुडविन हालै यात्राका क्रममा कबाब किन्नका लागि एउटा कबाब पसल बाहिर रोकिएका थिए ।

    उनले अर्डर गरेको कबाब तयार हुन केही समय लाग्यो । त्यो मौका छोपेर उनी नजिकै रहेको एउटा पसलबाट नेसनल लट्रीको एउटा टिकट खरीद गरे । त्यहीँ टिकटबाट उनले १ मिलियन पाउण्ड ९नेपाली रुपैयाँमा हिसाब गर्दा १६ करोड० भन्दा धेरै रकम जिते ।

    एकाएक करोडपति बनेसँगै उनको आँखामा आँशु आए । उनले भनेका छन् स् कबाबको अर्डर दिएर कबाब पसल बाहिर उभिइरहेको थिएँ । त्यही बेला दिमागमा सोँच आयो र नजिकैको पसलबाट लट्री टिकट खरीद गरेँ, जसले मेरो भाग्य नै बदलिदियो ।’

    सो रकमबाट सुरुमा एउटा घर किन्ने र त्यसपछि आफ्नी पत्नीलाई विदेश घुम्न लैजाने उनको योजना छ । स्टिभका अनुसार उनले खरीद गरेको लट्रीको टिकट नम्बर ७३ थियो । सोही टिकटबाट १० लाख पाउण्ड जित्छु भन्ने उनलाई कुनै कल्पनासम्म पनि थिएन ।

    तर जब उनलाई लट्री अफिसबाट कर्मचारीहरुले फोन गरेर चिठ्ठा जितेको जानकारी दिए उनी दंग परे । यसरी उनी एक झट्कामै १६करोड रुपैयाँ भन्दा बढिको मालिक बने । त्यसपछि आँखामा आँशु भरेर बस चलाउँदै उनी घर फर्किए ।

    घर गएर अघि खरीद गरेको कबाब निकालेर खान थाले । तर खुसीले कबाब खान पनि सकेनन् । आखिर कबाबले नै उनलाई करोडपति बनाइदिएको उनलाई लाग्यो । रातभर सो टिकटलाई सिरानीमुनि राखेर सुते तर निद्रा परेन । आफूले चिठ्ठा जितेको कुरा उनले सबैभन्दा पहिले आमालाई फोन गरेर जानकारी दिएका थिए । तर सुरुमा त परिवारका कसैले पनि उनको कुरा पत्याएनन् । तर अन्ततः त्यो यथार्थ पत्याउनुको विकल्प पनि त थिएन ।

    करोडपति बनेपनि स्टिभले पूरानो पेशा छाडेका छैनन् । उनले अहिलेपनि आफ्नो बस चालकको पेशालाई निरन्तरता दिएका छन् । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं