SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१८ गते
    ६२७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुनसकेको थिएन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सन्धि संशोधनमा हस्ताक्षर पनि एक हो ।

    विगत ४ वर्षसम्म पारवहन सन्धि नवीकरण नै नभएको अवस्थामा यसमा हस्तक्षर हुनु महत्वपूर्ण भएको प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।

    बिहीबार भारतको नयाँदिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पियूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो । ‘नेपालजस्तो भूपरिवेष्टित मुलुक पारवहन सन्धि नवीकरण नै नभई रहँदा सहज भएको थिएन। यो महत्वपूर्ण उपलब्धि हो’ मरासिनीले भने । नेपालले अब सडक, रेल र जल तीनवटै मार्गबाट समुद्रसँगको पहुँच पाएको उनले बताए ।

    सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ ।

    भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने यस मामलाका जानकार वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजुले बताए ।

    त्यस्तै, भारतको आन्तरिक जलमार्गमा रहेका तीन वटा टर्मिनलसम्म नेपालले पहुँच पाएको सैंजुले बताए । यस्तै भारतले निर्माण गरिरहेको बनारस, साहिबगञ्ज र कालुघाटस्थित आन्तरिक जलमार्ग टर्मिनल भएर नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने सैंजुले बताए ।

    बनारस जलमार्ग भएर वीरगञ्ज र भैरहवा नाकासम्म, साहिबगञ्ज जलमार्गबाट विराटनगर र कालुघाट जलमार्ग भएर नेपालगञ्ज नाकासम्म विद्युतीय ट्र्याकिङ गरेर कन्टेनरमार्फत मालवस्तु आयात निर्यात गर्न सकिने छ ।

    साहिबगञ्ज जलमार्गसँग नेपालको पहुँचले भारतीय जलमार्ग भएर भएर सप्तकोशी नदीसम्म पानीजहाज चलाउनसमेत पहुँच विस्तार भएको वाणिज्य विज्ञ रविशंकर सैंजुले बताए । त्यसका लागि नेपालले आन्तरिक जलमार्ग भने तयार गर्नु पर्नेछ ।

    सन्धि पुनरावलोकन हस्ताक्षरपछि अब नेपालले भारतको विशाखापटनम् बन्दरगाहबाट विराटनगर र भैरहवा नाकासम्म बल्क कार्गो ल्याउने बाटो खुल्नेछ ।

    ‘सन्धि पुनरावलोकनमा हस्ताक्षर नेपालको पारवहन पहुँचमा निकै महत्वपूर्ण छ’ सैंजुले भने, ‘अब हामीले विशाखापटनमबाट दुई नाकाका लागि बल्क कार्गो र तीन जलमार्गका लागि पहुँच पाएका छौं । यसले नेपालसम्मै पानीजहाज चलाउन पनि बाटो खुला गर्‍यो ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं