SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/१७ गते
    ३३३ &#२३४६;&#२३३५;&#२३२५;

    विराटनगर। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गर्दैछन्।

    रेल विभागका प्रवक्ता इन्जिनियर अमन चित्रकारका अनुसार बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रलवे र कार्गो रेल उद्घाटन गर्नेछन्। प्रचण्ड र मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ।

    विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ ।

    पूर्वका व्यवसायीले सीमावर्ती बथनाहादेखि विराटनगरको आईसीपीसम्म आइपुगेको रेलमार्गलाई कार्गो ढुवानीका लागि खुला गर्न लामो समयदेखि माग गर्दै आएका थिए ।

    भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको थियो। उद्घाटन गर्ने भएपछि बुधबार पनि परीक्षण गरिएको थियो ।

    उद्घाटनपछि भारतको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दूरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ। यात्रुवाहक रेल सेवा भने कटहरीसम्म रेलमार्ग निर्माण भएपछि मात्रै सञ्चालन हुनेछ।

    भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर रेलवेको निर्माण सन् २०११ मा सुरु भएको थियो। जसमध्ये बथनाहबाट बुधनगरसम्म ८ किलोमिटर मात्रै निर्माण भएको छ।बाँकी ८ किलोमिटरमा संरचना तयार भइरहेको छ। करिब साढे २ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवादका कारण काम हुनसकेको छैन।

    बथनाहादेखि बुधनगरसम्म (भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर) रेलमार्ग निर्माण भने चार वर्षअघि नै पूरा भएको थियो। दुई प्रधानमन्त्रीले रेलवेको उद्घाटन गरे पनि १० किलोमिटर क्षेत्रको काम कहिले सकिन्छ टुंगो छैन। विभागका प्रवक्ता चित्रकारका अनुसार जग्गा प्राप्ति विवादका कारण कटहरीको हुलाकी राजमार्गबाट उत्तर.तर्फको काम अघि बढेको छैन।

    भारतीय पक्षको आर्थिक र प्राविधिक सहयोगमा सन् २०११ मा सम्झौता गरी निर्माण सुरु भएको रेल परियोजनाको सम्पन्न गर्ने समय भने नतोकिएको उनले बताए। ‘प्रोजेक्टमा निर्माण अवधि हुन्छ, तर रेलवेमा तोकिएको छैन’ उनले भने, ‘आर्थिक र प्राविधिक पक्ष भारतीय पक्षले हेर्छ।’

    भारतको बथनाहाबाट विराटनगर-हुँदै कटहरी गाउँपालिका-१ महेशपुरमा अन्तिम स्टेशन निर्माण गर्ने योजना छ। तर मुआब्जा विवादले निर्माण अन्योलमा परेको छ।

    भारततर्फ पाँच र नेपालतर्फ १३ गरी रेलवेको लम्बाई १८.१ किलोमिटर छ। नेपालतर्फ रेलवे परियोजनाका लागि ११९.८ विघा जग्गा अधिग्रहण गर्नुपर्नेछ। जसमध्ये २१ विघा जग्गा अधिग्रहण २०७० सालदेखि रोकिएको छ । जग्गाको मुआब्जा दररेटमा चित्त नबुझाएर जग्गाधनीले हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको यो मुद्दा हेरिरहेका अधिवक्ता भक्तिनाथ माझीले बताए।

    परियोजना निर्माणको ठेक्का ३ अर्ब ७३ करोड भारतीय रुपैयाँमा इरकोन नामक भारतीय कम्पनीले लिएको थियो। आर्थिक र प्राविधिक लगानी भारतको भएकाले नेपाल पक्षले लगानीको विषयमा बताएको छैन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह

    काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं