SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/२ गते
    १५०५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले उन्मुक्ति पाउने सवालै नरहेको बताएकी छन् ।

    ‘यो बहुआयामिक काण्ड हो । यसमा दृश्य र अदृश्य पात्रहरु जोडिएका छन् । नक्कली भुटानी शरणार्थी बनेर जान चाहने, बनाउन चाहने र बनाएर पठाउने चेनमा संलग्न सबैलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्छ ।

    नेपाल प्रहरीले आफ्नो व्यावसायिक छवि र कानुनले दिएको अधिकार बमोजिम काम गरिरहेको छ । यसमा कसैले उन्मुक्ति पाउने सवालै छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै झाँक्रीले भनिन् ।

    प्रधानमन्त्री र गृहमन्त्रीले नै कसैको दबाबमा काम गर्दैनौं भनिसकेपछि यसबारे आशंका गरिरहनुपर्ने कारण नभएको उनको जिकिर छ । झाँक्रीले भनिन्, ‘यसमा कसैको राजनीतिक दबाब छैन । जो कोही भए पनि निष्पक्ष अनुसन्धान हुन्छ भन्ने प्रतिबद्धता आइरहेको छ ।

    यसमा हामीले अनुसन्धानकर्मीको मनोबल कमजोर बनाउने भन्दा पनि बढाउने काम नै गर्नुपर्छ ।’ राज्यविरुद्धको अपराध गरेर सजिलरी पैसा कमाउने प्रवृत्ति घातक रहेको उनको टिप्पणी छ ।

    सांसद डा. आरजु राणा देउवामाथि ‘साइबर बुलिङ’ र ‘मिडिया बुलिङ’ भइरहेको आरोप पनि झाँक्रीले लगाइन् । उनले भनिन्, ‘उहाँको बारेमा मैले बचाउ गर्नुपर्ने त होइन । तर पनि उहाँलाई पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दलको सभापतिकी पत्नी भएकाले नखाएको विष लागेको छ ।

    कुनै अनुसन्धान नगरीकन फ्याक्ट वा फाइन्डिङ नभईकन फलानो-तिलानो बोषी हो भनेर अनावश्यक विवादमा मुछिएको छ । यो साइबर र मिडिया बुलिङकाबावजूद संसदमा आएर कन्फिडेन्टसाथ छानबिन गर्नुपर्छ भनिरहनुभएको छ ।

    जुनसुकै घटनामा आरोपित गरेर कसैको चरित्रहत्या गर्नु उचित होइन । यस्तो घटनाले सम्बन्धित व्यक्तिमा कति मानसिक असर गर्छ, पछिल्लो दुई वर्षमा म आफैं भुक्तभोगी हुँ ।’

    अर्को प्रसंगमा नेतृ झाँक्रीले सरकारको मूल्यांकन गर्ने बेला भइनसकेको पनि बताइन् । उनले भने, ‘प्रधानमन्त्रीको सय दिन भयो, अरु मन्त्रीको भएको छैन । सरकार सही बाटोमा छ कि छैन, भन्न केही समय पर्खनैपर्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    नक्कली शरणार्थी प्रकरण: फरार अभियुक्त कोही अमेरिका, कोही भारतमा

    काठमाडौं, । नक्कली शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरू भारत र अमेरिकामा समेत पुगेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं