SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/२१ गते
    २२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर नेताहरुले प्रश्न उठाएका छन् ।बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारले सभापति देउवा विधानसम्मत तरिकाले नचलेको भन्दै आलोचना गरेका हुन् । केन्द्रीय समितिले अझै पूर्णता नपाएको, विभागहरुको गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएको लगायतका विषय उठाएर नेताहरुले देउवाको आलोचना गरेका हुन् । विधान अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुनुपर्छ । तर महाधिवेशन सकिएको डेढ वर्ष बितिसक्दा पनि सभापति देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छैनन् । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागको प्रमुख समेत हालसम्म तोकिएका छैनन् । ‘केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । डेढ वर्ष वितिसक्दा विभाग बनेको छैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘सभापतिको ढिलासुस्तीका विषयमा कुरा उठेको हो ।’

    सहमहामन्त्री जीवन परियारले मन्त्रिपरिषद विस्तारमा असन्तुष्टि राखेका थिए । कांग्रेसबाट ८ मन्त्री बनाउँदा समावेशितालाई ध्यान नदिएको उनको आरोप छ । कांग्रेसले पठाएका बनाएका ८ मन्त्रीमा दलितबाट एकजनाले पनि अवसर पाएका छैनन् । भ्रातृ संस्थाहरु लथालिङ्ग अवस्थामा रहेको भन्दै नेताहरुले तत्काल कार्यसमितिलाई पूर्णता दिनुपर्ने बताएका थिए । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघमा अध्यक्ष मनोनित गरिएपनि पूर्णता पाउन सकेका छैनन् । आदिवासी जनजाति संघ, किसान संघ लगायतले विधान अनुसारको पूर्ण कार्यसमिति बनाउन सकेका छैनन् । केन्द्रीय समिति र भ्रातृ संस्थालाई पूर्णता दिने छिट्टै पूर्णता दिने सभापतिले भन्नुभएको छ । भ्रातृ संस्थाको पूर्ण कार्यसमिति बैशाख मसान्तसम्म बन्छ होला’, बैठकमा सहभागी एक पदाधिकारीले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आज एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो...

    अपराध गर्ने कसैलाई छोड्दिन ,बरु पद छोड्छु : गृहमन्त्री लामिछाने

    काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् ।...

    काठमाडौंबाट सुन तस्करी गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जना पक्राउ...

    पोखरामा तेश्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिसको तयारी सुरु

    पोखरा । पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’को तयारी सुरु भएको छ...

    कानुनमन्त्रीसँग बाँदर नियन्त्रण गर्ने कानुन बनाउन माग

    पर्वत। कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं