SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२ गते
    ७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी निवासको चाबी बुझेका छन् । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार बुधबार सरकारी निवासको चाबी लिइएको हो । सभामुखका लागि बालुवाटारमा सरकारी निवास खाली भइसकेको छ । सभामुखका लागि तोकिएको सरकारी निवासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सरेका थिए । त्यसपछि सभामुख भएका अग्नि सापकोटालाई लैनचौरस्थित अर्को सरकारी निवासमा राखिएको थियो ।

    सभामुख घिमिरेले भने लैनचौरस्थित निवासमा बस्न चाहेनन्, बालुवाटारमै बस्ने चाहना राखे । तर, राष्ट्रिय सभाका अध्यक्षका लागि अर्को ठाउँको व्यवस्थापन नभएपछि बालुवाटारमै मुख्य सचिवका लागि तयार निवास सभामुखका लागि दिइएको हो । घिमिरे सभामुखमा गत माघ ५ गते निर्वाचित भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं