SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/२७ गते
    ३७७ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।

    कपिलवस्तु टाइम्सका सम्पादक अंकुश श्रीवास्तव माथी कृष्णनगर नगरपालिका वडा नं ९ का वडाध्यक्ष सतिश कुमार हरिजन(सतिश निगम) संग ५० हजार रूपया मागेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ l

    प्रेस विज्ञप्तिमा भनिएको छ नेपाल पत्रकार महासंघ कपिलवस्तुका साधारण सदस्य तथा कपिलवस्तु टाइम्सका सम्पादक अंकुश कुमार श्रीवात्सवलाई बुटवल टुडे राष्ट्रिय दैनिक र अनलाइनमा फागुन १४ गते प्रकाशन भएको ‘नागरिकताको सिफारिस लिन वडामा घुस’ शीर्षकको समाचार आफ्नो अनलाइनमा साभार गरे पछि कृष्णनगर नगरपालिका ९ नम्बर वडाका अध्यक्ष सतिश कुमार हरिजन (सतिश निगम) ले चरित्र हत्या गर्ने उद्देश्यले अनर्गल आरोप लगाउँदै फेसबुकमा शुक्रवारको दिन पोष्ट गरेको भिडियो प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त भिडियोमा वडा अध्यक्ष सतिश हरिजनले घटनालाई तोडमोड गर्ने उद्देश्यले श्रीवास्तवले न्युजको नाममा ५० हजार मागेको र पत्रकार माथि भ्रम फैलाउने उद्देश्यले अन्यले १ लाख मागेको जस्ता तथ्यहीन आरोप लगाउँदै पत्रकार माथि नै लाञ्छना लगाउने काम गरेकोले त्यस्ता गलत काम प्रति माफी माग्दै तत्काल बन्द गर्न आग्रह गर्दछौ ।

    मिडियामा प्रकाशित सामाग्री चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिने कानुनी व्यवस्था भए पनि जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले कानुन पालना नगरी आधार बिना गम्भीर आरोप लगाउँदै चरित्र हत्या गर्न भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्नु प्रचलित कानुन अनुसार साइवर अपराध मानिने भएकोले संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अमेरिकाबाट आर पाण्डेयको गर्जन, रबिलाई काम गर्न देउ, सहकारीमा अदालतले प्रमाणीत गरे २ करोण पनि तिरिदिने

    अमेरिका । लामो समय देखि अमेरिकामा कार्यरत आर पाण्डेयले हालै गृहमन्त्री भएका रबि लामिछानेलाई बिना...

    अमेरिकाबाट आर पाण्डेयको गर्जन, रबिलाई काम गर्न देउ, सहकारीमा अदालतले प्रमाणीत गरे २ करोण पनि तिरिदिने

    अमेरिका । लामो समय देखि अमेरिकामा कार्यरत आर पाण्डेयले हालै गृहमन्त्री भएका रबि लामिछानेलाई बिना...

    नेपाल परेड डे र अमेरिकामा हालसम्म कै ठुलो राशीको भलिवल प्रतियोगिताको भब्य तयारी

    बैकुण्ठ गिरी, क्यालीफोर्निया । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि  बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं