SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२३ गते
    १५३ &#२३४६;&#२३३५;&#२३२५;

    जनकपुरधाम। मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ । उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जान लागेको हो । माओवादी केन्द्रबाट सुनिता यादव सो मन्त्रालयको मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने तय भएको माओवादी स्रोतले जनाएको छ ।

    माओवादी संसदीय दलका नेता भरत प्रसाद साह पुनः मन्त्री बन्ने चर्चा चलेपनि एक मन्त्रालय मात्र पाउँदा सुनिता यादव मन्त्री बन्ने तय भएको हो । उनी सहिद रामवृक्ष यादवकी छोरी हुन् । प्रचण्डकै निर्देशनमा यादव मन्त्री बन्न लागेकी हुन् ।माओवादीले मधेश प्रदेशमा दुई मन्त्रालय पाउने करिबकरिब सहमति थियो ।

    जसमा एउटामा भरत प्रसाद साह र अर्कोमा सुनिताको नाम चर्चामा थियो । तर, एक मन्त्रालय मात्र जसपा नेतृत्वको सरकारले दिन खोजेपछि सो मा सुनिता मन्त्री बन्ने तय भएको हो ।

    सुनिता समानुपातिक प्रणालीबाट संसद बनेकी हुन् । १० मध्ये ९ मन्त्रालय जसपा, एमाले र जनमतले भागबण्डा गरिसकेका छन्। मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीको लागि एक मात्र उद्योग वन तथा पर्यटन मन्त्रालय आफूसँग राखेका छन् । भरत यसअघि पनि प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं