SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२० गते
    २५२ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा :- बुटवलको गोलपार्कमा रहेको बुटवलकै पुरानो स्कुल न्यू पाइनउड अङ्ग्रेजी बोडिङ्ग स्कुलमा करिब ४०० विद्यार्थीको सहभागितामा तीन दिवशीय खेलकुद प्रतियोगिताको सुरुवात भयको छ।

    उक्त प्रतियोगिताको उद्घाटन रिवन काटेर बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लक्ष्मण कार्कीले गर्नुभएको थियोे । सोहि कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले पढाईको अतिरिक्त विद्यार्थीको बौद्धिक क्षमता अभिबृध्दि गर्दै शारीरिक र मानसिक बिकासका लागि आफुहरुले खेलकुद प्रतियोगिता आयोजना गरेको बताउनु भयो।

    उक्त प्रतियोगितामा विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भयका थिए। पुर्व प्राथमिक तह देखी माध्यमिक तहसम्ममा संचालित उक्त प्रतियोगितामा पुर्व प्राथमिक तहको खेलकुदको समन्वय शिक्षिका पबिता थापाले,प्राथमिक तहको शिक्षिका लक्ष्मी मुडवरीले र माध्यमिक तहको शिक्षक हेबेन छन्त्यालले गर्नुभयको थियो ।

    आज पहिलो दिन मिठाई दौड ,रिले दौड,३ खुट्टे दौड,बेलुन कार्टरपिलर,तातो आलु,चम्चा दौड ,हास दौड आदि सप्पन्न भएकोे र उक्त कार्यक्रम ३ दिन सन्चालन हुने विद्यालयका शिक्षक लोकेन्द्र सापकोटाले जानकारी दिनुभयो उक्त कार्यक्रम विद्यालयको आयोजना र शिक्षक बुद्धि भन्डारीको सन्चालनमा भएको र उक्त खेलकुद प्रतियोगिताका बिजेतालाई विद्यालयका प्रधानाध्यापक प्रभा क्षेत्रीले सम्मान तथा पुरस्कार बितरण गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं