SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२० गते
    ६०२ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । ७ औ पर्बत महोत्सवको आज दसौ दिनमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल फलेबास नगरपालिका र गलकोट नगरपालिका बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा फलेबास नगरपालिका ३-१ को रोमान्चक सेटमा बिजयी भयो । यो जित संगै फलेबास नगरपालिका फाइनलमा प्रबेश गर्यो भने गलकोट नगरपालिका को फाइनल पुग्ने सपना चकनाचुर भयो । फलेबास नगरपालिकाले महाशिला गाउँपालिका संगको फाईनल भेट पक्का गरेको छ । फाईनल भोली हुनेछ ।

    खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा गलकोट नगरपालिका पहिलो सेट २५-२१ ले जित्यो भने दोस्रो सेट फलेबास नगरपालिका २५-२० ले जित निकाल्दा तेस्रो सेट पनि फलेबास नगरपालिका २५-२१ ले जित हासिल गर्यो भने चौथो सेट पनि फलेबास नगरपालिकाले २५-२३ मा जित निकाल्दै फलेबास नगरपालिका फाइनलमा प्रबेश गर्न सफल भयो भने गलकोट नगरपालिका सेमिफाइनल बाटै तिस हजारमा चित्त बुझाउदै घर फर्कियो ।

    नकआउट चरण मा खेलाएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । प्रतियोगिता सफाल बनाउन जिल्ला खेलकुद विकास समिति,पर्बत र जिल्ला भलिबल संघ पर्बतले पनि व्यवस्थापनमा सहयोग गरेको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं