SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/१९ गते
    ४३१ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत। ७ औ पर्बत महोत्सवको आज नबौ दिनमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल मोदी गाउँपालिका र कुश्मा नगरपालिका बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोदी गाउँपालिका ३-१ को सोझो सेटमा बिजयी भयो । यो जित संगै मोदी गाउँपालिका सेमिफाइनलमा प्रबेश गर्यो भने कुश्मा नगरपालिकाको सेमिफाइनल पुग्ने सपना चकनाचुर भयो ।

    खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा मोदी गाउँपालिका पहिलो सेट २५-१३ ले जित्यो भने दोस्रो सेट २५-२० ले जित निकाल्दा तेस्रो सेट भने कुश्मा नगरपालिकाले २५-१८ ले जित हासिल गर्दै खेलमा फर्किने केहि आशा देखाए पनि चौथो सेट मोदी गाउँपालिकाले २५-२० को जित निकाल्दै सेमिफाइनलमा प्रबेश गर्न सफल भयो ।

    नकआउट चरण मा खेलईने उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । प्रतियोगिता सफाल बनाउन जिल्ला खेलकुद विकास समिति,पर्बत र जिल्ला भलिबल संघ पर्बतले पनि व्यवस्थापनमा सहयोग गरेको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    चार दिन अघि कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं