SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/१७ गते
    ३८५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि २१ गतेसम्म सन्चालन हुने गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला तथा ७ औ पर्बत महोत्सवको आज सातौ दिनमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा दोस्रो खेल फलेबास नगरपालिका,पर्बत र पैयूँ  गाउँपालिका बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा फलेबास नगरपालिका,पर्बतले ३-१ को सोझो सेटमा बाजी मार्यो ।बेस्ट अफ फाईपमा भएको खेलमा फलेबास नगरपालिकाले पहिलो सेट २५-१६ ले जितेको थियो भने दोस्रो सेट २५-१९ ले जित निकाल्दा तेस्रो सेट पैयूँ  गाउँपालिका २६-२४ ले  जित निकाल्दा चौथो सेट फलेबास नगरपालिकाले २५-१८ को सेटमा हराउदै अर्को चरणमा प्रबेश गर्न सफल भयो । आज जम्मा दुई खेल भएको थियो भने भोलि पनि दुई खेल हुने जानकारी आयोजकले बताउनु भयो ।

    नकआउट चरण मा खेलईने उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । पुरुस भलिवलमा १५ टिम भएको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

    पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ ।...

    आलु महोत्सवमा करिव ४ करोडको कारोवार

    श्रीभद्र पौडेल,पोखरा।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार...

    सहकारी ठगीमा रकम बुझाएर छुटेका लीला गुरुङ फेरि पक्राउ

    काठमाडौं । हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः...

    ३० लाखको आलु बिक्री

    श्रीभद्र पौडेल, पोखरा।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु.३० लाखको आलु बिक्री भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं