SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/३ गते
    ३६३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी पदबहालीका लागि मन्त्रालय जाँदा स्वागत गर्न कर्मचारी ढोकामा लामबद्ध थिए । मन्त्री गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीको प्रवेशसंगै कर्मचारीले माला, खादा र फुलका गुच्छा दिएर स्वागत गरे । बधाई र स्वागत थापिरहेका मन्त्री गिरी मन्त्रालयको ढोकामा पुग्ने बित्तिकै निहुरिए । ढोका ढोग्दै मन्त्रालय प्रवेश गरेका मन्त्री गिरीले पदभार ग्रहण गर्दै स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने निर्णय गरेका छन् । मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्र्तगत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

    राज्यमन्त्री डा. कार्कीका अनुसार न्यूनतम सेवा मापदण्डमा कुन अस्पतालले कुन सेवा दिने भन्ने किटान हुनेछ । मापदण्डमा आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र, क्षेत्रीय अस्पताल र माथिल्लो अस्पतालमा हुुनुपर्ने सेवा, उपकरण, कर्मचारीको दरबन्दी आदि उल्लेख हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    चार दिन अघि कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं