SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/९/२२ गते
    ३५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मालाई राजीनामा गराएर एमाले महासचिव शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास तत्काललाई रोकिएको छ ।

    नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै दाङ–२ बाट निर्वाचित शर्मालाई राजीनामा गराउने र पोखरेललाई उपचुनाव लडाएर सांसद ल्याउने प्रयास भएको थियो ।

    ४ मंसिरमा भएको चुनावमा शर्माले पोखरेललाई १९३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन् । उनी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुन् । तर संसदको अधिवेशन सुरु नहुँदै उनलाई राजीनामा गराउने प्रयास भएको खुलेको छ ।स्रोतका अनुसार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एमालेका ओली दुबैले रेखासँग छलफल समेत गरेका थिए ।

    ओलीले बालकोटस्थित निवासमै बोलाएर रेखालाई सांसद पदबाट राजीनामा दिन र उपराष्ट्रपति बन्न प्रस्ताव राखेका थिए । तर रेखाले राजीनामा दिन अस्वीकार गरेकी छन् । दाङ–२ का मतदाताले विकासका काम गर्ने शर्तमा आफूलाई चुनावमा जिताएर पठाएको भन्दै उनले त्यो जिम्मेवारी पूरा नगरेसम्म दायाँ–वायाँ गर्ने छुट नभएको जवाफ दिएकी छन् ।

    ‘मप्रति दाङ २ का मतदाताको ठूलो भरोसा छ, अहिले मेरो ध्यान उनीहरुका आवश्यकतालाई कसरी पूरा गर्ने भन्नेतिर मात्र छ,’ रेखाले एमाले अध्यक्ष ओलीलाई भनेकी थिइन्, ‘उनीहरुका न्यूनतम आवश्यकता पूरा नहुन्जेल म अरुतिर ध्यान दिन सक्दिनँ ।’

    ओलीले पार्टी महासचिव पोखरेललाई संसदमा ल्याउन चाहेको बुझेपछि प्रधानमन्त्री प्रचण्डले पनि रेखासँग छलफल गरेका थिए । प्रचण्डले एमाले–माओवादीसहितको सरकार भएकाले शक्ति सन्तुलन मिलाउनका लागि राजीनामा दिएर सहयोग गरिदिन आग्रह गरेका थिए । उनले पनि उपराष्ट्रपति बन्न प्रस्ताव गरेका थिए ।

    रेखाले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पनि दाङ–२ को आवश्यकता एकातिर र आफू अर्कोतिर हिंड्न नसक्ने जवाफ दिएकी छन् । ‘मलाई जनताले उपराष्ट्रपति बनोस् भनेर जिताएर पठाएका होइनन्, सुविधायुक्त सडक, धारा, पानी, बिजुली, स्कुल, शिक्षा, स्वास्थ्यको न्यूनतम आवश्यकता पूरा गर्छे कि भनेर पठाएका हुन् । मप्रतिको त्यो आड भरोसा र विश्वास टुट्न नदिन पहल गर्छु भन्नुभयो, प्रचण्ड निकट स्रोतले भन्यो ।

    माओवादीका एक पदाधिकारीले पनि रेखालाई राजीनामा गराएर एमाले महासचिवलाई संसदमा ल्याउने प्रयास भएको स्वीकार गरे । नाम उल्लेख नगर्ने शर्तमा एक पदाधिकारी भन्छन्, ‘कुराकानी भएको हो, अब त्यो च्याप्टर क्लोज भइसक्यो ।’

    माओवादी सांसद रेखाले पनि आफूलाई उपराष्ट्रपति बन्न प्रस्ताव आएको स्वीकार गरेकी छन् । उनले संक्षिप्त प्रतिक्रिया दिंदै भनिन्, ‘मलाई प्रस्ताव नआएको होइन, सिरियसली नै आएको थियो, तर अब त्यो च्याप्टर क्लोज भइसक्यो ।’आफूले राजीनामा नदिने भनेर शीर्ष नेताहरुलाई भनेकाले आफ्नो तर्फबाट त्यो सम्भावना सकिइसकेको उनको भनाइ छ ।

    एमाले महासचिव पोखरेलले भने उपचुनाव लडेर सांसदमा आउने विषय आफूले नसोचेको बताएका छन् । उनले भने, ‘उपनिर्वाचन हुनलाई पहिले त ठाउँ खाली हुनुपर्‍यो, परिस्थिति बन्नुपर्‍यो । त्यो अहिलेको जनादेश पनि होइन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं