SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/९/४ गते
    १६४ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । आइतबार राति कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोल ले हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

    अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । ८० मिनेटसम्म  अर्जेन्टिनाले २–० को अग्रता बनाएको थियो । लियोनेल मेस्सीले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ३६ औं मिनेटमा डिमारियाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । पहिलो हाफमा निरासजनक खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो ।

    तर फ्रान्सले गोल गर्ने ८० ‌औं मिनेटसम्म कुर्न पर्‍यो । ८० औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरे । निर्धारित ९० मिनेटमा दुवै टिमबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि ३-२ गोलको अग्रता दिलाए ।

    तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो जसलाई  युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् र खेल ३-३ गोलको बराबरी मा पुग्यो भने  एम्बाप्पेले विश्वकप फाइनलमा ह्याट्रक पूरा गरे पनि उनको टिम टाइब्रेकरमा चुक्यो र लगातार दोस्रो पटक विश्वकप जित्ने सपना पूरा हुन पाएन । पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मारेको थियो ।

    अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे भने फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके । कोम्यानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले बचाए भने चुवामेनीको प्रहार बाहिरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    न्यू पाइनउड स्कुलमा खेलकुद प्रतियोगिता सुचारु

    उदय अतीत स्याङ्जा :- बुटवलको गोलपार्कमा रहेको बुटवलकै पुरानो स्कुल न्यू पाइनउड अङ्ग्रेजी बोडिङ्ग स्कुलमा करिब...

    रास्वपाबारे निर्वाचन आयोग : ‘कुनै दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन’

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता...

    नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित

    काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित भएको छ ।...

    सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ...

    गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि घनश्याम भूसाल अस्पताल भर्ना

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं