SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१८ गते
    ५०२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आज कुश्माको होटल बन्दना प्रालिमा सम्पन्न उक्त अधिबेशनले उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी,सचीवमा भरत सापकोटा, कोषाध्यक्षमा मिलन सुवेदी र उपसचिवमा रमेश अधिकारीलाई चयन गरेको हो । त्यसैगरी अधिबेशनले सदस्यहरूमा रामचन्द्र रेग्मी, प्रबेश पुरी, गीता हिताङ, गोबिन्द रेग्मीलाई चयन गरेको छ । साथै आजै बसेको कार्यसमितिको बैठकबाट आशिष पौडेल र सीता बिकलाई कार्यसमितिमा मनोनीत समेत गरिएको छ ।

    यस अघी खड्क बहादुर गुरुङको अध्यक्षता भएको अधिबेशन उद्घाटन सत्रको क्यान पर्वतका सस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजु पौडेलले ब्यानर पढेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष अच्युत पौडेलले र सन्चालन सचीव भरत सापकोटाले गरेका थिए । कार्यक्रममा सल्लाहकार हिम बहादुर पौडेल क्षेत्री र पुर्व अध्यक्षहरु राजु पौडेल, ढाकाराम सापकोटा, खड्क बहादुर गुरुङ, गोपिनाथ तिमिल्सिना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सर्वसम्मत नेतृत्व चयन गर्न निर्वाचन मण्डल र पूर्व अध्यक्षहरुले बिशेष पहल गरेका थिए । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन मण्डलमा अधिबक्ता बिश्वराज पाण्डे, बालकृष्ण पौडेल र गोपिनाथ तिमिल्सिना रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं