SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१५ गते
    ३७८ &#२३४६;&#२३३५;&#२३२५;

    दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो ।

    प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी कार्यालयभित्र थुनिएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले कोरोनाले व्यापार व्यवसाय थलिएको बेला मेला महोत्सव गर्न नमिल्ने बताए । उनले अहिले महोत्सव गर्ने उपयुक्त समय नभएको भन्दै महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेको बताए । मेला महोत्सव नरोकेसम्म आफूहरुको आन्दोलन जारी रहने उनको अडान छ । उद्योग वाणिज्य संघले महोत्सवको विरोधमा बुधबार पनि तुलसीपुर बजार ठप्प पारेको थियो । जिल्लाा प्रशासन कार्यालय दाङले मंसिर ९ गते नै मेला महोत्सव रोक्न भन्दै निर्देशन जारी गरेको थियो ।

    यता, महोत्सव आयोजक संस्था युथ्स् अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले भने महोत्सव जारी रहने बताए । ‘हामीले अनुमति लिएरै महोत्सव लगाएका छौं ’ उनले भने, ‘अनुमति लिइसकेपछि महोत्सव रोक्ने कुरा हुदैन ।’ उनले अहिलेसम्म महोत्सव सञ्चालनका लागि लाखौं खर्च समेत भइसकेको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    चार दिन अघि कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं