SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/२७ गते
    ६६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । फौजदारी अभियोग लागेपछि सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट एक वर्ष नपुग्दै बाहिरिनुपर्यो । नेपाल क्रिकेट संघ (क्यान)ले मध्यक्रमका ब्याटर रोहितकुमार पौडेललाई टिम नेतृत्वको नयाँ जिम्मेवारी सुम्पिएको छ । नेपाली क्रिकेट इतिहासमा सबैभन्दा कान्छो कप्तान बनेका रोहितले सोमबारदेखि युएईसँग हुने एकदिवसीय अन्तर्राष्ट्रियदेखि आफ्नो जिम्मेवारी सुरु गर्नेछन् । त्यसो त गत भदौमा केन्यासँगको एकदिवसीय शृंखलाका क्रममा कार्यवाहक कप्तानका रुपमा उनले नेपाललाई शृंखला दिलाइसकेका छन् । कप्तानका दावेदारहरु दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई छाड्दै क्यानले रोहितलाई जिम्मेवारी दिएको छ । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले रोहितलाई खेलाडीका रुपमा उनको क्षमतामाथि सधैं विश्वास रहेको र अब नेतृत्वकर्ताका रुपमा पनि सफल हुन शुभकामना दिएका छन् ।

    एक वर्षअघि तत्कालीन कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र सिंह ऐरी चार खेलाडी अनुशासनको कारबाहीमा परेपछि नेपाली क्रिकेट टिममा ठूलो भूकम्प गयो । कप्तान र उपकप्तान पद खोसेर क्यानले सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो । त्यसयता नेपाली टिम प्रष्ट दुई समूहमा विभाजित थियो । यसपल्ट कप्तान नियुक्त गर्दा क्यानका पदाधिकारीबीच मत विभाजनको अवस्था थियो । अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त मल्ल र कोषाध्यक्ष रोशनबहादुर सिंहले फरक फरक खेलाडीलाई कप्तान बनाउन चाहन्थे । तर, सचिव प्रशान्तको रोजाईमा परेका रोहितलाई नै उपकप्तानबाट बढुवा गर्ने निर्णय भयो ।

    ब्याटिङ अलराउण्डरबाट करिअरको सुरुवात गरेका रोहित नयाँ जिम्मेबारीका लागि उत्साहित छन् । उनी अहिले ब्याटिङमा मात्र केन्द्रित छन् । उनले यसलाई आफ्नो सपना पूरा भएको क्षणका रुपमा परिभाषित गरे । शनिबार त्रिवि मैदानमा पत्रकारहरुसँगको कुराकानीमा रोहितले भनेका छन्, ‘राष्ट्रिय टिममा स्थान पाउनु नै ठूलो कुरा हो । झन्, कप्तानकै जिम्मेवारी पाउनु मेरो लागि सपना पूरा भएजस्तै हो ।’ उनले यस अघि सन् २०१९ मा उमेर समूहको राष्ट्रिय टिमको कप्तानी गरिसकेको अनुभव छ । गत जेठमा आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृंखलादेखि उनले राष्ट्रिय टिमको उपकप्तानको जिम्मेबारी संहालिरहेका छन् ।

    रोहितले हालसम्म घरेलु प्रतियोगितामा भने कुनै टिमको कप्तानी गरेका छैनन् । रोहित लामो समयदेखि विभागीय टोली त्रिभुवन आर्मीबाट घरेलु क्रिकेट खेल्छन् । उनको टिम शनिबार सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा उपविजेता बनेको छ । रोहित २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपदेखि नेपाली टोलीमा यात्रा सुरुवात गरेका थिए । नवलपरासीका उनी क्यानको ट्यालेण्ट हण्टमार्फत पहिचान भएका खेलाडी हुन् । उनले भारतविरुद्धको डेब्यू खेलमै ६८ रनको अविजित अर्धशतकीय पारी खेलेका थिए । त्यसयता उनी उमेरसमूहमा नेपालको टिमका नियमित सदस्य बने । २०१७ को एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट सानदार प्रदर्शन गर्दा २०१८ नामिबियामा भएको आइसिसी डिभिजन–२ मा नेपालको सिनियर टिममा अवसर पाए । रोहितले सो प्रतियोगितामा नामिवियाविरुद्ध डेब्यू गरेका हुन् । उनले १७ रन बनाएको डेब्यू खेल नेपालले जितेको थियो ।

    पाँच वर्षको सिनियर करिअरमा रोहितले २५ एकदिवशीय अन्तर्राष्ट्रियमा १ शतक र ५ अर्धशतकसहित ३८.७ को औषतमा ८०८ रन बनाएका छन् र २१ टी-२० अन्तर्राष्ट्रियमा १ अर्धशतकसहित २०.८८ को औषतमा ३७६ रन बनाएका छन् । सन् २०१९ मा युएईसँगको १६ वर्ष १४२ दिनको उमेरमै अर्धशतक बनाएर एकदिवशीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने कान्छा खेलाडीको कीर्तिमान राखेका थिए । २०२० को फेब्रुअरीमा अमेरिकाविरुद्ध त्रिवि मैदानमा कुशल मल्लले रोहितको कीर्तिमान तोडेका हुन् । मल्लले १५ वर्ष ३४० दिनको उमेरमै एकदिवशीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाए ।

    युएईविरुद्धको शृंखला पहिलो कोशेढुंगा

    केन्यासँगको पछिल्लो एकदिवशीय शृंखलामा पाएको नेतृत्व अवसरले रोहितलाई आत्मविश्वासी बनाएको छ । टिमका सिनियर खेलाडीको साथले आफू जिम्मेबारी वहन गर्न तयार रहेको रोहित बताउँछन् । केन्या भ्रमणमा टिमका सबैको साथले मलाई आत्मविश्वास बढेको छ । अहिले पनि सबैले साथ दिनुभएको छ,’ रोहितले भनेका छन् । नेपालले युएईसँग कात्तिक २८, ३० र २ गते एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । हालै विश्वकप खेलेर आएको युएई टिमसँग घरेलु मैदानमा शशक्त प्रदर्शन गर्नु र नेपालका लागि नेतृत्व लिनु रोहितको कप्तानी करिअरको पहिलो कोशेढुंगा हुनेछ । मेरो लागि अवसर र जिम्मेवारी दुवै छ । त्यसैले आफ्नो राम्रो दिने कोशिस हुनेछ । अहिले टिमले पनि राम्रो प्रदर्शन गरिरहेको छ । सबै राम्रो हुनेछ भन्ने आश छ,’ उनले भने । ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेका रोहितले जिम्मेवारी थपिएसँगै अझ आफ्नो प्रदर्शन निखारिने बताए । भन्छन्, ‘कप्तानीले आफ्नो प्रदर्शनमा असर पर्छजस्तो लाग्दैन । जिम्मेवारी थपिएको छ । टिमलाई पनि सँगै लिएर जानुपर्ने हुन्छ ।

    एकदिवसीय मान्यता जोगाउने चुनौती

    अर्कोवर्ष भारतमा हुने एकदिवशीय विश्वकपको छनोट आधार मानिएको आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपाल सहज अवस्थामा छैन । विश्वकपमा छनोट हुन नसके पनि कम्तिमा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु अहिले नेपाल टिमको लक्ष्य हो । त्यसका लागि कप्तानका लागि रोहितलाई अर्को चुनौति हुनेछ । नेपालले पहिलोपल्ट सन् २०१८ को फेब्रुअरीमा कम्तिमा चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । लिग टूमा नेपालले १६ खेल खेल्न बाँकी छ । एकदिवशीय मान्यता जोगाउन तीमध्ये अधिकांश खेल जित्नुपर्ने अवस्था छ ।

    संकटको क्षणमा कप्तान बनेर आएका रोहितका लागि आउँदो खेलहरुमा राम्रो प्रदर्शनका साथै नेपालका लागि अनुकुल नतिजा निकाल्नुपर्ने हुन्छ । ‘हाम्रो लागि अबका सबै खेलहरु महत्वपूर्ण हुनेछन् । अहिलेको लागि पहिला युएईसँगको घरेलु सिरिज जित्नुपर्छ । त्यसपछि नामिबिया भ्रमणमा केन्द्रित हुनुपर्छ,’ रोहित भन्छन् । सन्दीप नहुँदा टिममा एक महत्वपूर्ण स्ट्राइक बलको कमी नवनियुक्त कप्तान रोहितले स्वीकार गरे । ‘उनी नहुँदा हुने गाह्रो त हुन्छ, तर अन्य खेलाडीले आफ्नो आत्मविश्वास कम गर्नु भएन । सबै बलर, ब्याटरले आफ्नो बेष्ट दिएर खेल जिताउनु पर्‍यो,’ उनले भने ।

    रोहित नेपालका ११ औं कप्तान

    नेपालले सन् १९९६ मा पहिलोपल्ट आधिकारिक राष्ट्रिय टिम निर्माण गरेयता रोहित सिनियर टिमका ११औं कप्तान हुन् । सोमबार युएईसँगको खेलमा कप्तानी गर्दा उनको आधिकारिक उमेर २० वर्ष ७३ दिनको हुनेछ । उनले नेपालको कान्छा कप्तानका रुपमा कीर्तिमान बनाइसकेका छन् ।

    नेपालका १० पूर्वकप्तान

    उत्तम कर्माचार्य (सन् १९९६)
    लेखबहादुर (एलबी) क्षेत्री (सन् १९९८)
    पवनकुमार अग्रवाल (सन् २०००)
    स्वर्गीय गणेश शाही (सन् २००१)
    राजु खड्का (सन् २००२–२००४)
    परेश लोहनी (सन् २००४)
    विनोद दास (सन् २००५–२००९)
    पारस खड्का (सन् २००९–२०१९)
    ज्ञानेन्द्र मल्ल (सन् २०१९–२०२१)
    सन्दीप लामिछाने (सन् २०२२)

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह

    काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं