SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/१५ गते
    ४६३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई मिलाएर लैजान तयार रहेको बताएका छन् । “पार्टी सभापतिजी पार्टी कमजोर नहोस् भनेर नै गठबन्धन गर्न तयार हुनुभएको हो ।

    डा. शेखर कोइरालालाई पनि पार्टीकै चिन्ता होला । सबैको इच्छा पार्टी बलियो बनाउने हो । हामी अरु दलसँग गठबन्धन गर्छौं भने आफ्नो पार्टी किन नमिलाउने ? सभापतिजीले पनि आफ्नो पार्टीका साथीहरुलाई अपमान गर्नुहुन्न, साथीहरुले पनि अरुसँग मिलेर सभापतिजीलाई अपमान गर्नुहुन्न,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।

    उनले सबै नेताको सहमतिका साथ समानुपातिक सूची निर्वाचन आयोगमा जाने दाबी पनि गरे । खतिवडाले थपे, “सबैलाई न्याय हुनुपर्छ भन्ने महामन्त्रीजीको कुरामा मेरो विमति छैन । त्यसैले नेताहरु सहमतिका साथ निर्वाचन आयोगमा पुग्नुहुन्छ भन्ने मेरो विश्वास छ । भरे तपाईंले नै न्यूज ब्रेक गर्न पाउनुहुन्छ ।”

    संस्थापन इतरका नेताहरुले आरजु देउवा र मञ्जु खाँडलाई समानुपातिक सूचीबाट झिक्नुपर्छ भनिरहेको छ नि भन्ने प्रश्नमा खतिवडाले भने, “उहाँहरुलाई कसैकी श्रीमती मात्र भन्दा अन्याय हुन सक्छ । उहाँहरुको आफ्नै योगदान पनि छ ।”

    गठबन्धन दलहरुले अन्तिम समयसम्म बढीभन्दा बढी नेताहरुलाई ‘एडजस्ट’ गर्न घुर्क्याउने र थर्काउने गरिरहेको पनि उनले औंल्याए । खतिवडाले भने, “तर पाँच दलीय गठबन्धन पाँच औंलाको मुठी कसेर अगाडि जान्छ र मुलुकमा दुई तिहाइ नजिकको सरकार बन्नेछ ।”
    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टालाटुली बटुली भारेभुरे टाकुरे नौ दल मिलाएर चुनावमा जान लागेको आरोप पनि लगाए । ढाँट र चलाखीको राजनीति जनताले बुझिसकेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं