SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/१८ गते
    ५५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको छ ।

    बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

    यसअघि पशुपति क्षेत्र विकास कोषले करार भंग भएको भन्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूहले अदालतमा मुद्दा दिएको थियो । जिल्ला अदालत काठमाडौंले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो ।

    सो अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश पोखरेलको इजलासले कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुन बमोजिम नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

    यो आदेशसँगै बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

    पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी...

    १४ औं वार्षिकोत्सवमा यूनाइटेड क्लबका परिकल्पनाकारहरुलाई सम्मान

    पोखरा ।यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ...

    मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्दछः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा...

    मनसरा: मिश्रित समाजको कथा

    पोखरा । मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज...

    सामुदायिक सेवा केन्द्र वगरको स्वागत

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा— १ वगरले जिल्ला प्रहरी कार्यालय कास्कीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं