SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/१६ गते
    ३०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै‌ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।

    संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घटनाग्रस्त जहाजका बारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

    घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाए । घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ ।

    पोखराबाट आइतबार बिहान ९ः ५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः ७ बजेपछि सम्पर्कविहीन भएको थियो । पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयन्त्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक सिट बाँडफाँट गर्न बस्दै

    काठमाडौं । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट...

    राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि...

    “फेरिन नसकेको सोच” : धुर्व केसी | Dhurba Kc

    धुर्व केसी | Dhurba Kc जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! ।...

    डा.सीके राउतले लिए स्वामीको हातबाट ‘सन्यास’

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास...

    अब बिजुलीका तारै पुर्‍याइन्छ, ग्यासका पाइप चुलोमा लैजानुपर्दैन : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं