SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/९ गते
    ६२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

    अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्याँसका लागि १८०० रुपैयाँ पर्नेछ ।

    हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

    मूल्यवृद्धि अस्वीकार्य : तीन विद्यार्थी संगठन

    एक सातै दोस्रो पटक पेट्रोलियम पदार्थमा भएको भारी मूल्य बृद्धिप्रति प्रमुख विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसम्द्ध बिद्यार्थी संगठनले एक सातामा दुई पटक भएको मूल्य वृद्धि फिर्ता लिन सरकारलाई आग्रह समेत गरेका छन् । मूल्य वृद्धि फिर्ता नभए निर्णायक र शसक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

    अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सरकारले निर्वाचन लगत्तै जनतालाई झुक्याएर भारी मात्रामा गरिएको मूल्यबृद्धि अस्वीकार्य भएको बताइन् । ‘जनताको जीवनयापनमा गम्भीर असर गर्ने गरी मूल्य बढाइएको छ, उनले भनिन्, मूल्य वृद्धि तत्काल फिर्ता नभए सोमबारदेखि कडा आन्दोलन हुन्छ ।’

    समाजवादी विद्यार्थी संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले गठबन्धनका नाममा जनतामाथि निर्मम ढंगबाट मूल्यवृद्धि थोपरिएको बताए । “सोमबार नै संयुक्त बिद्यार्थीको बैठक बस्छ र आन्दोलनका कार्यक्रम तय हुन्छ ” उनले भने ।

    सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध जनाएको छ । क्रान्तिकारीकि अध्यक्ष पञ्चा सिंहले मूल्य वृद्धि कुनै हालतमा स्वीकार्य नहुने बताइन् । मूल्य वृद्धि बिरुद्ध कडा आन्दोलन गर्ने भन्दै उनले आयल निगमलाई तत्काल मूल्यबृद्धि फिर्ता लिन आग्रह गरिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युवा अभियानता नविन गिरी “The Young Achiever Award 2024” बाट सम्मानित

    काठमाडौं । थाइल्यान्डको राजधानी बैँककमा ग्लोबल युथ पार्लियामेन्टद्वारा आयोजित ‘The Young Achievers Summit & Award...

    प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह

    काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं