SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/२७ गते
    ५७१ &#२३४६;&#२३३५;&#२३२५;

    रबि प्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु ।

    नगरवासिहरुको रोजाईमा पर्न सफल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार कुनाल प्रताप शाह चुनावी मैदानमा उत्रिनुभएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको तर्फबाट कृष्णनगर नगर प्रमुख पदका उम्मेद्वार कुनाल प्रताप शाहले घरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु ।

    नेकपा एमालेको तर्फबाट कृष्णनगर नगरपालिका नगर प्रमुख पदका उम्मेद्वार शाहले मतदाताहरुका समस्या, आवश्यकता र माग सम्बोधन गर्दै नगर लाई समृद्ध बनाउने अठोटका साथ अहोरात्र खटिरहनुभएको छ । उहाँ शिक्षा, उद्योग र सामाजिक क्षेत्रमा निकै अब्बल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

    पुस्तौ देखि राजनीतिक पृष्ठभूमि बोकेको उहाँ को परिवार ले यस पटक एमाले बाट नगर प्रमुखमा कुनाल प्रताप लाई अगाडि ल्याएको हो कुनाल प्रताप शाह संगठित राजनितिक क्षेत्रमा पार्टीको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्ने तथा जनताले नगर प्रमुख पदमा चुने कुनाल आफ्नो जिम्मेवारी पूर्ण रूपमा इमानदारीका साथ निर्वाह गर्ने उनका बुबा राकेश प्रताप शाह (गुड्ड भैया) ले बताए ।

    स्थानीय तहको निर्वाचनमा आफूलाई नगरको जनताले विजयी बनाए नगरमै उत्कृष्ट कार्य गरि नगरलाई समृद्ध बनाउने खाका तयार गरि अगाडि बढ्ने पुरा हुन नसकेका विकास निर्माणका काम अब शाहले अठोटका साथ पूरा गर्ने बताए । उहाँ प्रति नेकपा एमाले पार्टी ले विश्वास गरि नगरको विकास गर्न सक्षम रहेको भन्दै नगर प्रमुख पदमा टिकट दिएको थियो ।

    भ्रष्टाचारको विरुद्धमा उभिने विशुद्ध समाज सेवामा समर्पित रहने आउनुभएका शाह युवावर्गहरुको रोजाई बन्नुभएको छ । युवा, पर्खर वक्ताको रुपमा परिचित शाह अरुले भन्दा नयाँ खालका कार्य गर्दै उत्कृष्ट योजना बनाई अगाडि बढ्ने बताए । उहाँले पार्टीको चिन्ह लिएर निर्वाचनमा होमिए पनि निर्वाचित भए पछि सबैको साझा व्यक्तिको रुपमा काम गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उहाँले जनताका समस्यालाई आफ्नै समस्या मानि जस्तोसुकै समाधान गर्ने बताउनुभयो । नगर प्रमुख पदका उम्मेदवार कुनाल प्रताप शाह आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, खानेपानी, सरसफाई लगायत भौतिक विकास निर्माण तथा सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    चार दिन अघि कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं