SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१९ गते
    ८७८ &#२३४६;&#२३३५;&#२३२५;

    रबि प्रकाश कसाैधन कृष्णनगर,।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl

    सोहि क्रममा कृष्णनगर नगरपालिकाको जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान(अकरम पठान), उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव , लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् l मेयर पदका उम्मेदवार अकरम पठान लाई चुनावमा जिताउन उनका भाई असलम खान पनि चुनावी प्रचारलाई तिब्रता दिएका छन् l

    जसपा निकट नेता पठानलाई प्रमुख बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l
    जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता समेत रहेका अकरम पठानले आफू चुनाव जितछु भन्दै उमेदवारी दर्ता गराएका थिए। पठान छोटाे समयमा निकै लोक लोकप्रिय बन्दै गएका हुन।

    आज भोली जनता सामाजवादी पार्टी नेपाल कृष्णनगर नगर प्रमुख पदका उम्मेदवार अकरम अब्दुल रहमान खान , उप प्रमुख पदकी उम्मेदवार आरती सिंह यादव, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l

    निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा जनता सामाजवादी पार्टी नेपाल लाई लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । मेयर पदका उम्मेदवार अकरम पठानले जनताले विजयी बनाए नगरपालिका को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह

    काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं