SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२९ गते
    ४३६ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर , कपिलवस्तु,कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवार लाई राष्ट्रीय मदरसा पुस्तकालय कृष्णनगरको भवनमा सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।

    राष्ट्रीय मदरसा संघ नेपालको सहकार्य तथा साउदी अरब सरकारको सहयोगमा खाद्यान्न समाग्री वितरण गरिएको छ।
    गरिब, असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमका मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु , गरिब परिवारको घरमा कोई भोकै नरहोस भन्ने भावनाका साथ हामी ले १५ किलो चामल, २किलो दाल, ५ किलो पिठो, तेल , नून, चिनी बेशन,खुजुर,सेवंती,चना लगायत खाद्यान्न समाग्री वितरण गरेको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले बताए।

    पवित्र रमजान महिनामा गरिब ,असहाय लाई साउदी अरब सरकार तथा राष्ट्रीय मदरसा संघ नेपालले हरेक सम्भव सहयोग दिने तयार रहेको मदरसा संघका राष्ट्रीय महासचिव मौलाना मशहुद खां नेपालीले प्रतिबद्धता समेत जनाए।

    खाद्यान्न वितरण कार्यक्रमका प्रमुख अतिथी आन्तरिक राजस्व कार्यलय कृष्णानगर प्रमुख दिनेश पान्डे, विशिष्ट अतिथि ईप्रका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुकदेव पौडेल, हेरा शैक्षिक तथा मानवीय सेवा समाजको संस्थापक शैख अब्दुल रशीद मदनी अतिथी शैख जैस मक्की,अब्दुल नुर,नियाज़ देवबन्दी लगायतहरुको उपस्थिती थियो।

    हेरा शैक्षिक तथा मानवीय सेवा समाजले नेपाल भित्र शिक्षा स्वास्थ्य तथा रोजगारको क्षेत्रमा बर्षो देखि सराहनीय कार्य गर्दै आएकोले आजको कार्यक्रममा हेरा शैक्षिक तथा मानवीय सेवा समाजका संस्थापक शैख अब्दुल रशीद मदनीलाई कार्यक्रमका प्रमुख अतिथीले दोसल्ला ओढ़ाई सम्मानित गरेको र संस्थापक मदनीले प्रमुख अतिथि पान्डेलाई पनि दोसल्ला ओढ़ाई सम्मान गर्दै नेपाली अनुवादमा पवित्र पुस्तक कुरान भेंट दिए।

    ईप्रका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुकदेव पौडेलको सरुवा चितवन भइ सकेकाले वहां कृष्णनगरमा लगातार १८ महिना देखि शान्ति सुरक्षा कायम गरि हरेक समाजिक कार्यहरुमा सहभागी हुदै आएकाले राष्ट्रीय मदरसा संघ नेपालले आज दोसल्ला ओढ़ाई सम्मानको साथ विदाई गरेका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अमेरिकाबाट आर पाण्डेयको गर्जन, रबिलाई काम गर्न देउ, सहकारीमा अदालतले प्रमाणीत गरे २ करोण पनि तिरिदिने

    अमेरिका । लामो समय देखि अमेरिकामा कार्यरत आर पाण्डेयले हालै गृहमन्त्री भएका रबि लामिछानेलाई बिना...

    नेपाल परेड डे र अमेरिकामा हालसम्म कै ठुलो राशीको भलिवल प्रतियोगिताको भब्य तयारी

    बैकुण्ठ गिरी, क्यालीफोर्निया । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि  बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं