SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२७ गते
    १४५५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि गन्य एफ सि ले उचाल्यो । हिजो शनिबार भएको फाईनल खेलमा नेपाल तरुणदल नाग्लिबन लाई १ का विरुद्ध ४ गोल गर्दै गन्य एफ सि ले कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो । निकै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलि बाट आक्रामक खेल प्रस्तुत गरे पनि  गन्य एफ सि ले जित निकाल्न सफल भयो ।

    निकै नै धेरै दर्शकहरु उपस्थित भएको उक्त फाईनल खेलमा नेपाल सरकार गण्डकी प्रदेश का माननीय युव तथा खेलकुद मन्त्री राजिब गरुङ ज्यू प्रमुख अथिति हुनुहुन्थियो भने क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले मन्त्री राजिब गरुङ लाई १५ किलोको माला लगाएर कार्यक्रममा स्वागत तथा सम्मान गर्नु भयो । मन्त्री गुरुङ मैदान छिर्नु अगाडी रिबन काटेर मैदानको उद्घाटन गर्नु भयो ।

    पहिला निकै अस्थव्यस्था उक्त मैदानको मुहार फेर्न र मैदानको अहिले को सुन्दर संरचना बनाउन मन्त्री राजिब गरुङको ठुलो योगदान रहेको छ । क्लबका अध्यक्ष बिक्रम श्रेष्ठको पहलमा माननीय युव तथा खेलकुद मन्त्री राजिब गरुङले खेलकुदको बिकास र खेलाडीहरुको हौसला बढाऊन उक्त मैदान निर्माणमा आर्थिक र आवश्यक सबै सहयोग गर्नु भएको थियो।

    नेपाल तरुणदल नाग्लिबन र गन्य एफ सि को फाईनल खेल पुरै हेर्नु भएका मन्त्री राजिब गरुङले खेल सुरु हुनुभन्दा अगाडी रेफ्री लाई बल हस्तान्तरण गर्दै दुवैटिमका खेलाडीहरु लाई शुभकामना दिनु भयो र आगामी दिनमा उक्त खेलकुद मैदानको निर्माणको लागी आवश्यक सहयोग गर्ने र भलिबलको लागी पनि एउटा कोर्ट निर्माणको लागी सहयोग गर्ने बचन दिनुभयो।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं