SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२७ गते
    १६५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको पाचौ दिनको पहिलो खेलमा निर्धारित समय सम्म बलेबा एफ सि र नेपाल तरुणदल नाग्लिबन १-१ को बराबरीमा सकिए पछि पेनाल्टी सुट आउटमा बलेबा एफ सि लाई २-३ गोलले हराउदै नेपाल तरुणदल नाग्लिबन फाइनलमा मा पुग्यो ।

    फाईनल खेल हुनु भन्दा अगाडी भएको यो दोस्रो सेमिफाइनलमा दुवै टिम निकै आक्रमक रुपमा गोलको खोजीमा  मैदान उत्रेको थियो । १/१ गोलको रोमान्चक बराबरीमा सकिएको  उक्त सेमिफाइनल खेल ट्राइबेकरमा बलेबा एफ सि लाई २-३ गोलले हराउदै नेपाल तरुणदल नाग्लिबन गन्य एफसि संगको फाईनल भेट पक्का गर्यो ।

    गन्य एफ सि यस अगीनै बागलुङ न्युरोड टिमलाई १-३ गोलले हराउदै फाईनल पुगेको थियो । फाईनल खेल शनिबारनै ३ बजे हुनेछ भने फाईनल खेल अबलोकन गर्न र बिजेता लाई पुरस्कार वितरण गर्न नेपाल सरकार गण्डकी प्रदेश का माननीय युव तथा खेलकुद मन्त्री राजिब गरुङ ज्यू प्रमुख अथिति समापन कार्यकमको लागी आउने जानकारी पनि  आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

     

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुखद् खबर : पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना...

    कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र...

    हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह...

    हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

    हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२...

    तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं