SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२४ गते
    ५६० &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको हिजो दोश्रो दिन सात वटा खेल भए भने एउटा खेलमा निर्धारित समयमा टिम उपस्थित नभएको हुदा कुश्मा एफ सि ले वाकवोभर पाएको थियो र सिधै अर्को चरणमा डिम्मुवा फुटबल क्लब संग को भेट पक्का गरेको थियो ।

    निकै नै रोमान्चक र सुन्दर खेल भएको दोस्रो दिनमा पहिलो खेल बिर गोर्खालीले अप्शन जक्सन लाई २-० ले पाखा लगायो भने दोस्रो खेलमा कुश्मा एफ सि ले वाकबर पायो र अर्को चरणमा प्रबेश गर्यो, तेस्रो खेल डिम्मुवा फुटबल क्लब र कुश्मा कुश्मा एफ सि बिच  निर्धारित समयमा १/१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा ३-१ ले डिम्मुवा फुटबल क्लब बिजयी भएको थियो। त्यस्तै अर्को खेल बागलुङ न्युरोड टिमले काँडे फुटबल टिम लाई १-० ले हरायो।

    पाचौ खेल खनियाघाट फुटबल टिम र नेपाल तरुणदल नाग्लिबन बिच निकै नै रोमान्चक खेल भएको थियो उक्त खेल ०-० मा सकिय पछि  खनियाघाट लाई सडन डेथमा ४-५ ले पराजित गर्दै नेपाल तरुणदल नाग्लिबन अर्को चरणमा प्रबेश गर्यो भने छैटौ खेलमा रत्नचौरलाई शुन्य का विरुद्ध १ ले हराउदै बलेवा फुटबल क्लब बिजयी भयो भने दोस्रो दिनको सातौ तथा अन्तिम खेलमा गन्य एफ सी ले  गूठी युनाइटेड बागलुंग लाई १-० को रोमान्चक जित हासिल पर्दै अर्को चरण मा प्रबेश गर्यो।

    उक्त प्रतियोगिताको फाईनल २६ गते शनिबार हुनेछ भने प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं