SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२३ गते
    ५३० &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा हिजो २२ गते देखि २६ गते सम्म आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको प्रभातफेती सहित उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष बिक्रम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले रेफ्री लाई बल हस्तान्तरण गर्दै क्लबले गरेको अहिले सम्मको कामको प्रसंसा गर्दै अबका दिनमा आफ्नो तर्फबाट खेलकुदको लागी सक्दो सहयोग गर्ने बचन दिदै सहभगी सम्पूर्ण खेलाडीहरु र टिम हरुलाई शुभकामना दिनु भयो ।

    कार्यक्रममा विशिष्ट अतिथी ने.क.पा. (एमाले) जिल्ला कमिटी पर्बतका सचिब गोबिन्द पहाडी, जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण), जिल्ला खेलकुद बिकास समिति अध्यक्ष हर्कमान गुरुङ, अतिथी कु.न.पा. – ५ का अध्यक्ष चित्रकला भारती, सिसेफ नेपालका अध्यक्ष दुर्गा बहादुर बस्याल, नेवा: संस्कृतिक समूह कु.न.पा. ५ का अध्यक्ष शिव श्रेष्ठ, मोदिकाली ब्याटमिन्टन संघका अध्यक्ष भिम प्रसाद श्रेष्ठ, सिसेफ महिला समुहका अध्यक्ष पबित्रा श्रेष्ठ, धौलागिरी बहुउद्देश्यीय महिला समुहका अध्यक्ष सरस्वती पाण्डे श्रेष्ठ, मिलन महिला समुहका सचिब, जिल्ला कराते संघका अध्यक्ष राम श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

    प्रभातफेरीमा नेवा: संस्कृतिक समूह, सिसेफ नेपाल, पर्बत गुरुकुल एकेडेमी, सिसेफ महिला समूह, मिलन महिला समूह, धौलागिरी बहुउद्देश्यीय महिला समुहको सहभागिता थियो । भने उद्घाटन खेलमा आयोजक “बि” र फलेवास FC बिचको खेल निर्धारित समय सम्म एक/एक गोल भएपछि थप गोल हुन नसके पछि ट्राइबेकरमा ३-२ ले आयोजक “बि” बिजयी भयो  । भने अर्को दोश्रो खेलमा आयोजक “सी” तहल्का र ठापाठाना (“बि”) खेल पनि निर्धारित समय सम्म  शुन्य /शुन्य मा सकिय पछि ट्राइबेकरमा ठापाठाना (B) २-१ ले बिजयी भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं