SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१३ गते
    ४८४ &#२३४६;&#२३३५;&#२३२५;

    रबिप्रकाश कसाैधन, कपिलवस्तु ।

    कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ गोलघरमा जनता समाजवादी पार्टी नेपालको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ l

    कार्यक्रमको अध्यक्षता जसपा कपिलवस्तु क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीको अध्यक्षता तथा जसपा नेपालका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादव को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छl

    कपिलवस्तुका युवा नेता श्याम कुमार मिश्रा सहित सयौंको संख्यामा जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादवले प्रवेश गराएका छन । गत निर्वाचनमा राप्रपा बाट कृष्णनगर मेयरका उम्मेदवार बनेका मिश्र जसपा प्रवेशले माहोल तताएको छ । उनलाई जसपाले संघीय सदस्य पदमा मनोनीत गरेको नेता मिश्रले बताएका छन । मिश्र कृष्णनगर क्षेत्रका लोकप्रिय नेताको रुपमा परचित छन ।

    जसपा नेपालको शनिवारको कार्यक्रममा जसपाका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले कृष्णनगरका पूर्व मेयर प्रत्याशी, युवा नेता, समाजसेवी श्याम कुमार मिश्र लाई औपचारिक रूपमा जसपा नेपालमा प्रवेश गराएका छन् l कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले जनसंख्याको आधारमा आरक्षण हुनु पर्ने, नागरिकताको समस्या समाधान हुनु पर्ने , कांग्रेस र कम्युनिस्ट बाट नेपालको विकास सम्भव न भएको, मधेस आनदोलनमा कृष्णनगरको भूमिका अविस्मरणीय रहेको बताए l

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मंत्री पूर्ण मति ढेंगा, सहसराम यादव, जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष राज कुमार चौधरी, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, लगायत अन्य वक्ता हरूले विकास कसरी गर्ने, जसपा नेपाल पार्टीको आउने स्थानीय चुनावमा भुमिका कस्तो हुने, जनताको हक अधिकार कसरी सुरक्षित गर्ने, जनताको भलाईको काम जसपा सधै गर्दै आएको वक्ता हरूको जोड रहेको थियो l

    कार्यक्रममा वृजेश कुमार गुप्ता, नइम अरशद इदरिसी, जीवन श्रीवास्तव, लगायत समाजसेवी, पत्रकार, बुद्धजीवी, जसपा नेपाल समर्थक लगायतको उपस्थित रहेको थियोl

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह

    काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं