SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/७ गते
    ३५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । निर्वाचनको मिति नजिकिदै जाँदा अहिले एउटा राजनीतिक दल छोडेर अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पार्टी प्रवेश गराउन निकै दौडधुपमा छन् । उनी देश ब्यापी दौडाहामा छन् ।

    वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेको केही दिनपछि थप दुई वडाका वडाध्यक्षसहित दजनौं जनप्रतिनिधि एवं नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । महानगरपालिका– २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

    एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । ओलीनिवास बालकोटमा एक कार्यक्रमबीच उनीहरु एमाले प्रवेश गरेका हुन् ।

    वृद्ध अवस्था र स्वास्थ्य अवस्था पनि कमजोर रहेका अध्यक्ष ओलीको सकृयता निकै लोभलाग्दो छ । उनी यस्तो अवस्थामा पनि दिनुहँ २४ घण्टा नै सकृय छन् । दिनमा १८ घण्टा खटेर काम गर्छन ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    मनसरा: मिश्रित समाजको कथा

    पोखरा । मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज...

    सामुदायिक सेवा केन्द्र वगरको स्वागत

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा— १ वगरले जिल्ला प्रहरी कार्यालय कास्कीका...

    युवा अभियानता नविन गिरी “The Young Achiever Award 2024” बाट सम्मानित

    काठमाडौं । थाइल्यान्डको राजधानी बैँककमा ग्लोबल युथ पार्लियामेन्टद्वारा आयोजित ‘The Young Achievers Summit & Award...

    प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह

    काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं