SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२६ गते
    ४१५ &#२३४६;&#२३३५;&#२३२५;

    विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

    मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

    दुर्घटनामा मादी नगरपालिका–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहालको घटनास्थलमै मृत्यु भएको छ ।

    घटनास्थलमै मृत्यु हुनेहरुमा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की, ६० वर्षीय बलबहादुर कार्की, तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला, ताप्लेजुङकी ३१ वर्षीय समीक्षा योन्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङ पनि रहेका छन् ।

    त्यस्तै मादी नगरपालिका-५ कि ३० वर्षकी युका पोखरेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    मृतह तेह्रथुमका निरौला बसधनी तथा चालक हुन् भने मादी नगरपालिका-४ का भट्टराई सहचालक हुन् । दुर्घटनामा घाइते मादी नगरपालिका–५ बस्ने ३० वर्षीय सुवास गोले, मादी–६ की २२ वर्षीय तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्कीको धरानमा उपचार भइरहेको छ ।

    उनीहरुलाई घटनास्थलबाट नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो ।

     

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं