SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/७ गते
    ५६५ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई आग्रह गरेका छन्।

    ‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर, जुम्सो जस्तो भएर जाने। राम्री केटी देखेपछि टाउकोमा सिन्धुर फालेर गुटुटु भाग्ने। के भो भन्दाभन्दै सिन्दुर फाल्यो कसले फाल्यो फाल्यो,’ ओलीले भने, ‘कहाँ कसले सिन्दुर हाल्यो खोजेर चेली जिम्मा लगाउनुपर्थ्यो, यहाँ पनि त्यस्तै कहिले माकुनेले सिन्दुर हाल्देको छ। कहिले माओवादीले। कहिले कांग्रेसले छ्यास्स हालिदिएको छ,’ शनिबार भक्तपुर नगर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने।

    ओलीले त्यस्ता झुक्याएर हालेका सिन्दुर फ्याँकिदिन र लक्स साबुनले धोएर एमालेमा आउन अनुरोध गरे।

    ‘आउनुस् देश बनाउने अभियानमा लागौं, जे पनि झुक्याएर नगरौं,’ उनले भने।संसारमा कहीँ नभएको संसदबाट नसकेरर अदालतमा मुद्दा हालेर जितेर सरकार ल्याइएको आरोप ओलीले लगाए।

    ‘बाजागाजासहित जन्ती निस्कियो सर्वोच्च अदालतबाट, के भएछ भनेको छ, सरकार लिएर आएछ,’ उनले भने, ‘यस्तो गजब नेपालमा हुन्छ। नेपालमा लोकतन्त्र छ चुनाव हुन्छ। अदालत सदालत केहीको लाग्दैन। अब जनअदालतले फैसला गर्छ। माओवादीले हामी चार जना राखेर जनअदालत भन्थ्यो। हामी तीन करोड जनता राखेर भन्छौं।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं