SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/३० गते
    ६४ &#२३४६;&#२३३५;&#२३२५;

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् ।

    विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो ।

    उहाँले ल्यापटप कार्यक्रमका लागि वडाध्यक्ष, समाजसेवी तथा व्यवसायीले सहयोग गरेको उल्लेख गर्दै केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोरेको जानकारी दिनुभयो ।

    उक्त सहयोगबाट शिक्षक खुशी भएको उहाँको भनाइ छ । वडाध्यक्ष एवं सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीका समयमा पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकलाई ल्यापटप दिइएको जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माइती नेपालद्वारा स्थानीय मानव बेचविखन नियन्त्रण समितिसंगको बार्षिक समीक्षा र योजना बैठक सम्पन्न

    रबिप्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु, । स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा...

    लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, नेप्से २७ सय विन्दुमा झर्‍याे

    काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ ।...

    जापानबाट प्राप्त हुने २ अर्ब ६१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता...

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले गरे भारतीय जनताको समृद्धिको कामना

    काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको...

    खोप’ भने तर, अहिले खोप लगाउने मान्छे छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं