SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२९ गते
    ७७ &#२३४६;&#२३३५;&#२३२५;

    आफू अपहरणमा परेको दाबी गरेका बैतडीका एक जना शिक्षक स्थानीयको हत्या गरी भागेको खुलेको छ।

    सुर्नया गाउँपालिका(६ का डम्मर अवस्थीलाई ढुंगाले हानेर हत्या गरेपछि भाग्नका लागि २३ वर्षीय शिक्षक हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष बताएका छन्।

    प्रारम्भिक अनुसन्धानबाट उनले नै डम्मरको हत्या गरेको र ओडारमा गाडेको भनेपछि प्रहरीले खनेर शव सडेको अवस्थामा फेला पारेको छ।डम्मर गत मंसिर १४ गते घरबाटै सम्पर्कविहीन भएका थिए। उनका परिवारले खोजतलास गरे पनि फेला नपरेपछि पुस १ गते प्रहरीकहाँ जानकारी गराएका थिए।

    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार त्यसपछि उनको थप खोजी सुरू भएको थियो।बेपत्ता रहेका डम्मरको अन्तिम सम्पर्क हरिश अवस्थीसँग भएको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो।जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बोधराज ओझाले प्रारम्भिक अनुसन्धानबाट हरिशले हत्या गरेको देखिएको र यसबारे थप बुझ्ने काम भइरहेको बताए।

    ‘हरिश अपहरण नपरेको बुझिएको छ, मंसिर १४ गते नै डम्मरको हत्या गरेर ओडारमा गाडेको अवस्थामा छ भनेपछि प्रहरी पुगेको र शव पनि फेला परेको छ,’ उनले भने।हत्या के कारणले गरिएको भन्नेबारे खुलेको छैन।

    पक्राउ परेका हरिशले आफूलाई मंसिर २३ गते विप्लवका कार्यकर्ताले अपहरण गरी राप्ती नदीमा मार्नका लागि धकेलेको भन्दै फेसबुकमा लेखेका थिए। उनले शौचालयमा नग्न बनाई यातना दिएको भन्दै प्रहरीलाई उद्धारका लागि स्टाटसबाटै आग्रह गरेका थिए।उनले त्यसबेला डम्मरका केही आफन्तले उनको हत्या गरेको र आफूलाई फसाउन खोजेको स्टाटसमा लेखेका थिए।

    उनको स्टाटसपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बैतडीले प्रेस विज्ञप्तिमार्फत् उनको अपहरण नभएको र झुठो कुरा सामाजिक सञ्जालमा लेखेको भन्दै कारबाहीका लागि प्रहरीसँग माग गरेको थियोअवस्थीलाई पुस २३ गते शुक्रबार बेलुका ८ बजे बाँकेस्थित राप्ती नदी किनारबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो।

    त्यसबेला उनको कपडा, मोबाइल, पैसा सबै भिजेको अवस्थामा प्रहरीले साथमै पाएको थियो।उनलाई प्रहरीले भेरी अस्पताल पुर्‍याएर उपचारपछि न्यानो कपडा किनिदिएर सुरिक्षत राखेको थियो।अवस्थीले बैतडीबाट आफूलाई केही युवाहरूले पुस २२ गते बिहान ८ बजे जबरजस्ती गाडीमा ल्याएको प्रहरीसंग बताएका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माइती नेपालद्वारा स्थानीय मानव बेचविखन नियन्त्रण समितिसंगको बार्षिक समीक्षा र योजना बैठक सम्पन्न

    रबिप्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु, । स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा...

    लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, नेप्से २७ सय विन्दुमा झर्‍याे

    काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ ।...

    जापानबाट प्राप्त हुने २ अर्ब ६१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता...

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले गरे भारतीय जनताको समृद्धिको कामना

    काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको...

    खोप’ भने तर, अहिले खोप लगाउने मान्छे छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं