SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२७ गते
    १०८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौ – नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्यले नेकपा ९माओवादी केन्द्र० लगायतका पूर्वमाओवादी घटकहरूसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ ।

    आज मङ्गलबार क्रान्तिकारी पत्रकार महासङ्घले काठमाण्डौमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा ९माओवादी केन्द्र० लगायतका पूर्वमाओवादी घटकहरू बीचमा एकताको सम्भावना नरहेको बताउनुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भए पनि त्यो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । आफूहरूले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रूपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उहाँको तर्क थियो ।

    महासचिव वैद्यले भन्नुभयो, ‘उहाँहरूले पार्टी एकता हुनसक्छ, पूर्वमाओवादीहरूसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ । तर हाम्रो पार्टीसँग सम्भव छैन । नेकपा ९क्रान्तिकारी माओवादी० सँग सम्भव छैन । किन भन्नुहुन्छ भने हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैन भनी राखेका छौँ । प्रचण्डजीको पूरै जोड के छ भने, माओवादी केन्द्रका साथीहरूका जोड के छ भने यो संविधानको असली संरक्षक हामी हौँ । संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले उहाँहरू गइरहनुभएको छ । त्यस कारणले उहाँहरूसँग एकताको सम्भावना छैन ।’

    उहाँले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताउनुभयो । ती पार्टीसँग पनि राजनीतिक लाइन नमिलेको उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताउनुभयो । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भए पनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस क्षेत्रमा बाटो विस्तारको काम चलिरहेको छ भनिराखेको भए पनि नेपाल सरकार भने चुप लागेर बसेको उहाँले बताउनुभयो ।

    महासचिव वैद्यले राष्ट्रिय स्वाधीनताको निम्ति सशक्त रूपमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले आउँदो संसदीय चुनावमा आवश्यकताअनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा वहिष्कारको नीति लिइने उल्लेख गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माइती नेपालद्वारा स्थानीय मानव बेचविखन नियन्त्रण समितिसंगको बार्षिक समीक्षा र योजना बैठक सम्पन्न

    रबिप्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु, । स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा...

    लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, नेप्से २७ सय विन्दुमा झर्‍याे

    काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ ।...

    जापानबाट प्राप्त हुने २ अर्ब ६१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता...

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले गरे भारतीय जनताको समृद्धिको कामना

    काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको...

    खोप’ भने तर, अहिले खोप लगाउने मान्छे छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं