SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२२ गते
    १५३ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि भेटघाट रोकेका छन्।

    उनको सचिवालयले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ।प्रचण्डले कोरोना संक्रमण बढेको भन्दै व्यक्तिगत भेटघाटलाई रोकेका छन्। पार्टी कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना देखिएको छ।

    साथै प्रचण्डले खुमलटारस्थित घरमा पनि भेटघाट बन्द गर्ने भएका छन्। आठौं महाधिवेशनबाट प्रचण्ड फेरि अध्यक्ष भएपछि बधाई तथा शुभकामना दिनेहरू खुमलटार जाने क्रम बढेको थियो।कोरोना संक्रमण जोखिम हुने भएकोले भौतिक रूपमा भेटघाट बन्द गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

    ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं,ु प्रचण्डको सचिवालयले भनेको छ।

    साथै भिडभाड नगर्न र सचेतना अपनाउन पनि प्रचण्डको सचिवालयले सबैमा अनुरोध गरेको छ।

    ुहामीले पार्टीको नियमित प्रक्रियामार्फत् हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय संवाद, भेटघाट, बैठकलाई प्रविधिको प्रयोगमार्फत् सहजिकरण गर्नेछौं,’ सचिवालयले भनेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माइती नेपालद्वारा स्थानीय मानव बेचविखन नियन्त्रण समितिसंगको बार्षिक समीक्षा र योजना बैठक सम्पन्न

    रबिप्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु, । स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा...

    लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, नेप्से २७ सय विन्दुमा झर्‍याे

    काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ ।...

    जापानबाट प्राप्त हुने २ अर्ब ६१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता...

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले गरे भारतीय जनताको समृद्धिको कामना

    काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको...

    खोप’ भने तर, अहिले खोप लगाउने मान्छे छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं