SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२२ गते
    ६८१ &#२३४६;&#२३३५;&#२३२५;

     

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विधिवत रूपमा १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै रोइलो गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

    चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेपछि उनले सो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

    सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा। सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका छन् । त्यसबारे प्रेस नोट जारी गर्दै चौधरीले भनेका छन्, ‘विधिसम्मत भएन भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’

    महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको भन्दै उनले भनेका छन्, ‘यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन रु’

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य ९मधेशीतर्फ० दोस्रो धेरै मत २२०६ प्राप्त गरी विजय भएका थिए । सोही पदकालागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र छैटौं स्थानमा रहँदै पराजित भएका थिए ।

    यादवको उजुरीबारे चौधरीले भनेका छन्, ‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमा लिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमा आएको हुँ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    आज एसईईको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो...

    अपराध गर्ने कसैलाई छोड्दिन ,बरु पद छोड्छु : गृहमन्त्री लामिछाने

    काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् ।...

    काठमाडौंबाट सुन तस्करी गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जना पक्राउ...

    पोखरामा तेश्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिसको तयारी सुरु

    पोखरा । पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’को तयारी सुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं