SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/१२ गते
    ७२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर थपिएको छ ।

    सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्दसत्र राखेका थिए । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।

    ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका हुन् । चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएका छन् । आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले अनलाइखबरलाई बताए । अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युवा अभियानता नविन गिरी “The Young Achiever Award 2024” बाट सम्मानित

    काठमाडौं । थाइल्यान्डको राजधानी बैँककमा ग्लोबल युथ पार्लियामेन्टद्वारा आयोजित ‘The Young Achievers Summit & Award...

    प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट, उद्धारको पहल गरिदिन आग्रह

    काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं