SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२९ गते
    १८८ &#२३४६;&#२३३५;&#२३२५;

    हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ ।

    रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बस्ने २३ वर्षीय प्रवीण थापाको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो ।

    लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए । तिलिचो ताल(४,९१९मिटर)भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

    मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारको क्रममा थापाको मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राप्रपालाई माधव नेपालको सुझाव : परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा नलागौं

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी...

    अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

    काठमाडौं । सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण...

    गायिका तारा श्रीस मगर र दुर्लभ जेठामनको बिल्कुलै फरक कौडा गीत “जोबन बैना देउ” भोलि सार्बजनिक

    बुटवल । नेपाल लोक संगित र संस्कृतिको देश भनेर चिनिन्छ । नेपाल बहुभाषा, बहुसंख्यक मानिसहरुको...

    सञ्चारिका समुह पर्वतको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

    पर्वत । जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको सञ्जाल सञ्चारिका समुहको तेश्रो अधिवेशन सम्पन्न भएको छ ।...

    नयाँ भेरियन्ट देखिनुमा धनी मुलुक जिम्मेवार

    काठमाडौं । विश्वका अधिकांश धनी मुलुकले पछिल्लो एक वर्ष कोरोना खोप थुपार्न र आफ्ना नागरिकका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं